पौष १२ गते २०८०

धातुको बुद्धको मूर्तिको प्रतिष्ठा पुजा सम्पन्न

पोखरा, ११ पौष ।
पोखरा महानगरपालिका वडा नम्बर ३ नारायण स्थान स्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भुमी स्पर्श धातुको बुद्धको मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहकाविच प्रतिष्ठा पुजा सम्पन्नभएको छ ।
दिंवगतश्रीमतीचन्द्रवतीउदासको स्मृतिमापति राधेश्यामउदास तथा छोरा बुहारी गौतम उदास, शान्तीश्रेष्ठ उदास, एवमउदास परिवारले भगवान बुद्धको मूर्ति सौजन्यप्रदान गर्नुभएको हो ।
मैत्री संघका अध्यक्ष राधेश्यामउदासको अध्यक्षतामाभएको प्रतिष्ठा पुजाकार्यक्रममा परियतीउदयविहारका प्रमुख, विमलधम्म मैत्री संघका अध्यक्ष राधेश्यामउदास र पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्षप्रकाशमानउदासले संयुक्त रुपमादिपप्रज्वलन गरि शुरुवात गर्नुभएको हो ।
कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाकाअध्यक्षश्यामशाक्य, बुद्ध जयन्ती समारोह समितिकाअध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ,श्री लक्ष्मी नारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाकाअध्यक्षचन्द्रलक्ष्मीगुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्षबन्धुराज पराजुली, पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्षप्रकाशमानउदास लगायतले बोलेका थिए ।
वि.सं. १९६० को दशकतिर स्व. रत्नमान खरदारले जिर्णोद्धार गरेको चैत्य वि.स.२०५२ सालमापुर्ननिर्माण भएको थियो । साथै चैत्यको संरक्षण , संर्वद्धन र भगवान बुद्धको व्यवहारिक शिक्षालाई प्रचार प्रसार गर्न २०५३ सालमा मैत्री संघको स्थापनाभएको थियो । मैत्री संघले निशुल्कबालशिक्षाकार्यक्रम सञ्चालनगर्दै आएको छ ।