लायन्स क्लब अफ पोखरा हेमजाद्वारा न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण
पोखरा, ७ पुस
लायन्स क्लब अफ पोखरा हेमजाद्वारा शनिबार एक कार्यक्रमको आयोजना गरि न्यानो कपडा एवंम् शैक्षिक सामग्री बितरण गरेको छ ।
क्लबले पोखरा २५ हेमजामा रहेको गौरीशंकर आधारभुत बिद्यालयका ५९ जना बिद्यार्थीलाई बिद्यालय पोशाक अनुरुपको स्वीटर तथा शैक्षिक सामाग्री बितरण गरेको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ जे नेपालका प्रथम भाइसडिस्ट्रिक्ट गभर्नर मिलन थापाले सामुदायिक बिद्यालय हरेक दृष्टिकोणले उत्कृष्ट भएको भन्दै क्लबले गरेको कामको प्रसंसा गर्नुभयो ।
लायन्स क्लव अफ पोखरा हेमजा द्वारा सञ्चालित एम्बुलेन्सका लागी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । क्लबका अध्यक्ष सन्तमान श्रेष्ठले सामुदायिक बिद्यालयमा निम्न आय भएका बिद्यार्थीले अध्ययन गर्ने हुदा यस्ता सहयोगले बिद्यार्थीलाई प्रोत्साहान हुने बताउदै अभिभावक हरुलाई पनि सहयोग पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा क्लबका पुर्ब अध्यक्ष तथा डिस्ट्रिक्टको चिफ प्रकाश पौडेल, मदन पौडेल , डिस्ट्रिक्ट चिफ राजेन्द्र बहादुर साप्कोटा , जोन चियरपर्सन बसन्तराज बॉस्तोला र बिद्यालयका प्रधानाध्यापक डिल्लीराम तिम्सिनाले आफना भनाइ राख्नु भएको थियो ।
क्लबका अध्यक्ष सन्तमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सचिब कृष्णमान श्रेष्ठले गर्नुभएको थियो ।
काठमाडौँ,१५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराजधिराज ठान्ने गरेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित नेकपा प्रचण्ड–माधव समूह...
Read More
काठमाडौं । नेपालको अग्रणी अनलाइन फुड डेलिभरी कम्पनी पठाओ नेपालले ‘पठाओ फुड फेस्ट २०२३’ आयोजना गरेको छ । अविस्वसनीय अफर रहेकोले फुड फेस्टको नारा अब भान्सामा ताल्चा लगाउँदा हुन्छ...
Read More
पोखरा, १६ साउनपोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथीबाट आएको पहिराले एकतले टिनको छानो भएको घर...
Read More
कोदो विश्वको एक प्रमुख अन्न बाली हो। यसको रोटी, ढिंडो लगायतका परिकार बनाइन्छ। कोदोबाट जाँड, रक्सी पनि बनाइन्छ । यो बिभिन्न देशका केही पहाडी भेकको एक प्रमुख खाद्य हो।...
Read More