कार्तिक ३ गते २०८०

टकशेरा (एक रमाइलो गाउँ)

जिएस नेपाली,

नेपालको पूर्बि रुकुम नया जिल्ला हो, यो जिल्ला २०७२ वाट रुकुमको पूर्व र पश्चिम २ भाग भएर बनेको हो । यो जिल्लाको पूर्वमा बाग्लुड. र पश्चिममा पश्चिम रुकुम छ भने उत्तरमा डोल्पा तथा ढोरपाटन आरक्षण क्षेत्र र दक्षिणमा रोल्पा रहेको छ । यस जिल्लाको जनसंख्या जम्मा ५३ हजार छ भने प्राचिन तथा मध्य कालिन समयको खाम मगर सस्कृतीको मुल थलो हो । ८० प्रतिसत भन्दा वढी मगरको बस्ती रहेको पुथा उत्तरगंगा गाउपालिका अन्तरगतको टकशेरा २ गाउको नामले बनेको हो । टक गाउका टकाले र शेरा गाउका शेरालहरुको बस्ती बिच ढोरपाटन आरक्षण क्षेत्रबाट आएको उत्तरगंगा नदी उत्तर तिर बगेर दुई गाउलाई वारीपारी छुटट्याउछ । समुन्द्री सतहबाट २२०० मिटर उचाइमा रहेको टकशेरा गाउको २०११ जनगणना अनुसार जनसंख्या झण्डै ३७ सय छ भने ९०२ धरधुरीहरु छन । यी घरधुरी वा बस्तीहरु पनि ६ भिन्न भिन्न प्रकारका छन ।
टकशेरा एक मनोरम प्राकृतिक सुन्दरताको बिच गुजुमुट्ट परेको यो गाउ प्रकृतीको बरदान नै हो जसमा सस्कृती र परम्परागत रितीरिवाजले गहनाको रुपमा सजाएको छ । यहाका सवै मानिसहरु खाम भाषा बोल्छन भने नेपाली पनि जान्दछन । यहाका मानिसहरुको चाडहरुमा मुख्यतय झाक्री, भुमे पुजा, र अन्य नेपाली पर्वहरु हुन । टकशेरा पुग्ने अगाडी नै मध्यपहाडी लोकमार्ग नजिकैको काक्रीको लुगुम गाउ झाक्रीहरुको गाउ हो । यहा नेपालकै सवैभन्दा धेरै झाक्रीहरु छन जस्ले बिभिन्न चाडपर्वमा आफ्नै सस्कृती र परम्पराको प्रर्दशन गर्दछन । यहाका गाउलेहरुको घरको बनावट मुख्य आकर्षक केन्द्र हो भने यहाको परम्परागत चालचलन, रितिरिवाज र सस्कृती अर्को बिशेषता हो । उनीहरुको बोली भाषा र पोशाक तथा जिवनपद्धती एक अध्यानको बिषय हो । माओबादीको १० वर्षे जनयुद्धमा अति प्रभावित यो क्षेत्र अर्को अध्यानको बिषय पनि हो ।
पुर्वी रुकुमको सदरमुकाम रुकुमकोट हो जुन पोखराबाट २४१ किमी पश्चिम मध्यपहाडी लोकमार्गमा पर्दछ । तर टकशेरा जान भने त्यही राजमार्गको लुगुमबाट २० किमी उत्तर कच्चीबाटो जानुपर्दछ । बाग्लुड. बजारबाट लुगुमसम्म मध्यपहाडी लोकमार्गको १४१ किमी यात्रा पछी आउने काक्री बजार पुग्नु पर्छ । त्यसपछी रुकुमकोट जाने राजमार्गलाई छाडेर कच्ची सडक उकालो र ओरालो हुदै टकशेरा पुगिन्छ । कतीपय मानिसहरु बाग्लुड.को बुर्तीबाड. सम्म बिभिन्न सवारी साधनमा गएर त्यहाबाट नियमित टकशेरा चल्ने जिपमा चढेर जाने गरेको पनि पाइन्छ । पोखरा जिरोबाट नियमित बुर्तीबाड. चल्ने जिप वा स्कारपियोले प्रतिब्यक्ति १४ सय लिने गर्दछ भने बुर्तिबाड.बाट टकशेरा १३ सय लिने गरेको जिप सञ्चालकहरु बताउछन । बसमा जानेहरु सिधै काठमाण्डौ पोखराबाट काकी्र झरेर त्यहाबाट टकशेरा जिपमा जाने गरेको पनि पाइन्छ । कतिपयहरु जिप रिजर्व गरेर जानेगरेका पनि छन । सामान्यतय ८ देखी ९ जना अटने जिपले पोखराबाट ३ दिनको लागि ४५ हजार सम्ममा लाने लैजाने गरेको पाइन्छ । टकशेरा पुग्नु अगाडी खाजा, खाना तथा पानी र अन्य कुरामा खासै धेरै पैसा खर्च हुदैन ।

टकशेरा पुगिसके पछि पनि होटल खर्च र खाना त्यती महड.गो छैन अर्थात ३ देखी ५ हजारमा खान बस्न मज्जाले पुग्दछ । जिपमा शेयर गरेर जादा गाडी भाडा बढिमा ५ हजार प्रतिब्यक्ति पर्न आउछ । यसरी समग्रमा पोखराबाट ३ दिनका लागि टकशेरा पुगेर फर्किदा ८ देखी १० हजार खर्च लाग्छ । बढि खर्च गर्ने वा खानपानमा बिशेष चाहिनेको लागि भने अर्को कुरा हो । टकशेरामा खाने बस्ने होटलहरु र होमस्टेहरु पनि रहेका छन तर सिजन अनुसार मानिसको चाप हुने समयमा पहिले नै बुझ्दा राम्रो हुन्छ ।
फोटोहरु बिभिन्न सोसल मिडियाबाट