कार्तिक २ गते २०८०
सेफ किड्सका बालबालिकालाई टीका–जमरा
पोखरा २, कार्तिक
पोखराको नयाँ बजारमा रहेको सेफ किड्स प्रिस्कूलले बालबालिकालाई असल अभ्यासको लागि बिद्यालयमा टीका र जमरा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत ५२ जना बिद्याथीहरुलाई टीका र जमरा लगाएर सो कार्यक्रम सम्पन्न गरेको हो ।
स साना नानी बाबुलाई विद्यालय स्तरबाट नै संस्कार र संस्कृति सिकाउने उदेश्यले बिद्यालयमा टीका जमरा कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नारायणी कोइरालाले जानकारी दिएकी छन् । विद्यालयमा १८ महिनादेखि ७ बर्षसम्मका बालवालिका रहेको र उनीहरुलाई दशैंमा टीका जमरा लगाउने, पिङ खेल्ने, सेलरोटी खाने लगायतका कुराहरु विद्यालयको तर्फबाट सिकाएको उनले बताइन् ।
यस्तो कार्यक्रमले बालवालिकामा जीवन उपयोगी सीप, नेतृत्व विकास, धैर्यता र सहनशीलताको विकास हुने कोइरालाको भनाई छ ।
विद्यालयका निर्देशक शक्ति प्रधानाङ्ग, शिक्षिकाहरु विनिता गुरुङ, अम्बिका कुँवर, संरचना राई, मीना, अप्सरा र केदार कुँवर लगायले बालबालिकालाई असल अभ्यास बारे सिकाएका थिए ।