कार्तिक २ गते २०८०
बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा
कमल पौडेल अथक
पोखरा २, कार्तिक
बैंकको ओभर भ्यालुएसनका कारण अधिकांश इन्जिनियरहरु कालोसूचीमा पर्ने गरेको एक कार्यक्रमका बक्ताहरुले गुनासो गरेका छन् ।
नेपाल इन्जिनियरिङ एसोसिएसन कास्कीद्धारा बुधवार पोखरामा आयोजित चाडपर्व लक्षित शुभकामना आदान प्रदान एवं बलियो तथा सुरक्षीत भवन वारे प्रशिक्षण कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
उनीहरुले बैंकले जग्गाको ओभरभ्यालुएसन गर्दा इन्जिनियरहरुले अनाहकमा दुःख पाएको बताए । अधिकांश बैंकहरुले कृषि योग्य जमिनको पनि ओभरभ्यालुएसन गरेको समेत उनीहरुको भनाई छ ।
मापदण्ड परिवर्तन, कृषिको जग्गा बर्गीकरणमा समस्या, र बजारमा मुल्य घट्दा हुने समस्याले इन्जिनियरहरुले दुःख पाएको उनीले वताए ।
बैंकले दिएको मुल्याङकन नै गलत हुने गरेको र राज्यले इन्जिनियरहरुका समस्या नवुझेको उनीहरुको दुःखेसो छ ।
सो अवसरमा वोल्दै नेपाल राष्ट्रवैंक पोखरा शाखाका निर्देशक आर्या जोशीले देशको परिवर्तनमा इन्जिनियरहरुको हात रहेको वताईन् । उनले इन्जिनियरको डिजाइनले नै देशको संरचना सफल हुने हुँदा जिम्मेवार भएर आफ्नो काममा लाग्न आग्रह गरिन् ।
नेपाल इन्जिनियरिङ एसोसिएसन कास्कीका अध्यक्ष राजेन्द्र लिगलको अध्यक्षतामा भएको कार्यक्रममा स्केफका महासचिव कमल कार्की बैकर्स सूर्य तिवारी, सोनाका अध्यक्ष वावुराम वराल, देउकाजी गुरुङ, आकाश अग्रवाल, उपाध्यक्ष सुरेन्द्र गोदार, सचिव राजेश भट्टराई लगायतले वोलेका थिए ।
सो प्रशिक्षण कार्यक्रममा ७५ जना इन्जिनियरहरुको सहभागीता रहेको थियो ।