माघ ७ गते २०७७

भारतले दिएको १० लाख डोज कोरोनाविरुद्धको खोप भोली नेपाल ल्याइने

काठमाडौं, ७ माघ ।

भारतले दिएको कोरोना विरुद्धको खोप भोलि काठमाडौं आइपुग्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिए । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए ।

मन्त्री त्रिपाठीले खोप ल्याउने सबै तयारी पूरा भएको पनि बताए । उनले खोप अनुदानमा दिएकामा भारत सरकारलाई धन्यवाद दिए ।

‘यो नेपाल र भारतबीचको मित्रताको अनुपम उदाहरण हो । नेपाल र अरु छिमेकी देशका जनताका लागि राजनीतिक निर्णय गरेको छ । धेरै धेरै धन्यवाद दिन चाहन्छौं । आगामी दिनमा खोपको खरिदमा भारत सरकारको सहयोग अत्यन्त महत्वपूर्ण हुनेछ’ उनले भने ।

उनले नेपालले खोप खरिदको पनि तयारी गरिरहेको र त्यसका लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको दावी गरे । ल्याइने