श्रावण २७ गते २०८०
कांग्रेस पोखरा १७ मा विवाद, बिशेष आन्तरिक अभियान रोक्न असन्तुष्ट कार्यकर्ताको माग
कमल पौडेल अथक
पोखरा २७, साउन
नेपाली कांग्रेस पोखरा १७ का असन्तुष्ट कार्यकर्ताहरुले शनिवार वडामा हुन लागेको बिशेष आन्तरिक अभियान रोक्न माग गरेका छन् । शुक्रवार नेपाली कांग्रेस पार्टी कार्यालय चिप्लेढुंगामा पुगेर उनीहरुले सो अभियान रोक्न माग गरेका हुन् ।
असन्तुष्ट कार्यकर्ताहरुले जिल्ला सभापति किशोरदत्त वराललाई भेटेर बर्तमान इकाई सभापति विरुद्ध अविश्वासको पत्र बुझाउँदै अभियान रोक्न आग्रह गरको थिए ।
हामी वडामा रहेका ५ सय भन्दा बढी कांग्रेस कार्यकर्ताले वडा इकाई सभापति विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छौं एक कार्यकर्ताले भने । जिल्ला सभापतिले वडामा रहेको विवाद मिलाए मात्र सो कार्यक्रममा आफूहरु सहभागी हुने अन्यथा वहिस्कार गर्ने उनीहरुले वताएका छन् ।
वडामा कांग्रेसमा विवाद हुनुको कारण उनीहरुले इकाइ सभापतिलाई बनाएका छन् । इकाइ सभापतिले राजिनामा दिएपछि र नयाँ इकाई सभापति चुनेपछि मात्र विवाद समाधान हुने उनीहरुको माग रहेको छ ।
इकाई सभापति देवराज आचार्य गत निर्वाचनमा उमेद्वार वनेपछि इकाईका उपसभापति डिआर भट्टराईलाई कार्यवहाक दिएको तर निर्वाचनमा एमाले सँग पराजित भएपछि उनले वडा इकाई सभापति आफै लिएको र कार्यकर्ताको मन जितेर काम गर्न नसकेको असन्तुष्टहरुले आरोप लगाएका छन् ।
इकाई सभापति आचार्य वडाअध्यक्षमा पराजित भएपछि पार्टीका गतिविधीमा नहिँडेको, नेता कार्यकर्तामाथि तथानाम गाली, गलौच गर्ने गरेको, सामाजिक संञ्जालमा जीउँदा कार्यकर्तालाइ श्रद्धाञ्जली लेख्ने गरेकोले उनीमाथि कार्यकर्ताहरुको अविश्वास रहेको उनीहरुले वताए ।
उनीहरुले आचार्यको राजिनामा माग गर्दै सो वडामा नयाँ इकाई सभापति चयन गर्न पार्टी सभापति किशोरदत्त वराललाई आग्रह गरेका छन् ।
क्षेत्रीय प्रतिनिधी एवं इकाईका सल्लाहकार रामप्रसाद श्रेष्ठको अगुवाइमा गएको टोलीले पार्टीलाई एक ढिक्का वनाएर लैजानकोलागि वडामा नयाँ इकाई सभापति आवस्यक भएको वताएका छन् ।
विगतमा आचार्यलाई नै सहयोग गरेका वडाका कार्यकर्ताहरु अहिले उनको विरुद्धमा उत्रिएको एक कार्यकर्ताले वताए । आचार्यले पार्टीमा राम्रो भूमिका खेल्न सकेनन् आर्थिक रुपमा पनि उनी पारदर्शी छैनन् त्यसैले पार्टी नचल्ने देखेर उनको विकल्प खोज्ने प्रयासमा छौं उनले भने ।
उनीहरुले वडामा हुने कार्यक्रम जिल्ला सभापतिले नरोके सो कार्यक्रममा आफूहरु सहभागी नहुने चेतावनी दिएका छन् । सभापति ज्यु कांग्रेसमा विवाद छ त्यस्तो ठाउँको विवाद नमिलाई तपाइँ कसरी कार्यक्रममा सहभागी हुनुहुन्छ ? त्यसैले विवाद समाधान नभएसम्म कार्यक्रम रोक्नुस् उनीहरुले भने ।
यता जिल्ला सभापति किशोरदत्त बरालले आचार्य अहिलेपनि इकाई सभापति भएको र उनले आफैं राजिनामा नदिएसम्म उनलाई फेर्न नसकिने बताएका छन् । साथै उनले सो कार्यक्रम रोक्न आफूले नसक्ने भन्दै जिम्मेवारीबाट पन्छिने कोशिष गरेका छन् ।
यता इकाइ सभापति देबराज आचार्यले आफूले बर्षमा ३ सय ६४ दिन कांग्रेस हुने र १ दिन एमाले हुनेलाई सामाजिक संञ्जालमा आक्रोश पोखेको वताए । विगत आफू वडाध्यक्ष उठ्दा कार्यवाहक उपसभापतिलाई दिएपनि निर्वाचन हारेपछि आफैले अध्यक्ष लिएको वताए । आर्थिक विषयमा पनि एक रुपियाँ तलमाथि नपारेको उनले बताएका छन् ।
पार्टीमा केही असन्तुष्ट हुनु स्वभाविक भएपनि शनिवार हुने कार्यक्रम निर्धारित समयमा नै हुने जानकारी दिएका छन् ।