श्रावण २३ गते २०८०
महिलालाई ३३ प्रतिशत होइन, समान सहभागिताःअध्यक्ष हमाल
पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीयअध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकीछन् । महिलाहरूको क्षमताअभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागितानै अनेम संघको प्रमुख मुद्धा रहेको उनले बताइन् ।
अनेम संघ, गण्डकीको बैठक समापन र कमिटि सदस्यहरुलाई प्रशिक्षणपछिआयोजितपत्रकार भेटघाटमा बोल्दै उनले नेपालमा ३३ प्रतिशत महिलाको सहभागिता रहने कानुनी व्यवस्था गरिए पनि यो सकारात्मक रहेको तर पूर्ण नरहेको बताइन् ।
‘जनसंख्याकोआधा हिस्सा महिलाछन् । आन्दोलनमा समान सहभागिता छ । त्यसैले ३३प्रतिशत हैन, समान हुनुपर्छ । उनले भनिन्– ‘जनसंख्याको हिसाबले महिलाको संख्या ५० प्रतिशत भन्दा बढीभएको हुनाले हरेक क्षेत्रमामहिलाको प्रतिनिधित्व ५० प्रतिशतलाई अनिवार्य गरिनुपर्छ । अहिले गरिएको व्यवस्थालाई नफेर्ने हो भने महिला सहभागिता ३३ प्रतिशतमा सीमित रहनेछ । महिलाले आधा सत्ताचलाउने व्यवस्था गर्नुपर्छ ।’
उनले थपिन् – ‘महिलाका सन्दर्भमाआरक्षणको मात्रकुरा होइन, बराबरी प्रतिनिधित्वको कुरा हो । ३३ प्रतिशत सहभागितामा पनि नेतृत्वमा महिलालाई स्विकारिरहेको अवस्था छैन । अब महिलाहरुले क्षमताअभिवृद्धिगर्दै अघिबढ्नुको विकल्प छैन । यसकै लागि अनेम संघ क्रियाशील छ ।’
अनेम संघ गण्डकीकीअध्यक्ष हिराकुमारी गिरीले गत जेठ ३१ र ३२गते पोखरामा भएको सम्मेलनले आफ्नो नेतृत्वमा७१ सदस्यीय कमिटि निर्वाचित गरेपछिअहिले साउन २० र २१ गते बैठकका साथै सदस्यहरुलाई प्रशिक्षण सञ्चालन गरेको जानकारी दिइन् ।
प्रशिक्षणमा नेकपा एमालेको दशौं महाधिवेशनको कार्य दिशाबारेमा नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, अनेम संघको आगामी कार्यभार विषयमा केन्द्रीयअध्यक्ष टुकाभद्र हमाल, अनेम संघको इतिहा र आन्दोलन विषयमा एमाले स्थायी कमिटि सदस्य थममाया थापा, संगठन निर्माण विधानबारे अनेम संघ महासचिव पेम्बालामा, जबज र महिला विषयमा एमाले गण्डकी सचिव धनञ्जय दवाडी र संघको आगामी कार्ययोजना सम्बन्धमा अनेम संघ गण्डकीकाअध्यक्ष हिराकुमारी गिरीले सहजीकरण गरे ।
अध्यक्ष गिरीकाअनुसार अनेम संघ गण्डकीले जिल्ला कमिटिको बैठकहरु भदौ महिनाभित्र सम्पन्न गर्न निर्देश गरेको छ । यस्तै, अधिवेशन गर्न बाँकी जिल्लालाई असोज भित्र सक्न भनेको छ भने सदस्यहरुका लागि लेबीको निर्धारणपनि बैठकले गरेको छ ।
अनेम संघ गण्डकीले ९१ हजार बढीलाई सदस्यता वितरण गर्ने लक्ष्य लिएको छ । टोल स्तर सम्मै संगठन निर्माण गर्ने, प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरी प्रशिक्षकहरु तयार गर्ने, महिला सम्मान कार्यक्रम गर्ने, जहाँ विभेद त्यहाँ अनेमसंघ कार्यक्रम सञ्चालन गर्ने, प्रदेश सम्पर्क कमिटि गठन लगायतका कार्ययोजना बैठकले पारित गरेको छ ।
अनेम संघ गण्डकीको उपाध्यक्ष पार्वता तिवारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव खरमाया विटालुले गरेकीथिइन् ।