असार ५ गते २०८०

तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न

४ असार ,पोखरा
नेपाल तामाङ घेदुङ कास्कीको आयोजना र पोखरा महानगर पालिका वडा नम्बर ९ को सहयोगमा तिन दिने फोटोग्राफी तथा फोटोपत्रकारीता तालिम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ६९ जना बिभिन्न प्राशिक्षार्थीहरु को सहभागीता रहेको थियो । तालिममा फोटोग्राफी सम्वन्धि भक्त तामाङले फोटोपत्रकारीता सम्वन्धि दुर्गा प्रसाद पौडेल ले र पत्रकारीता सम्वन्धि हुम गुरुङले सहजीकरण गरेका थिए ।

तमु धि नेपाल को भवनमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङ का अध्यक्ष भक्त तामाङ को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ९ अध्यक्ष दिपेन्द्र मर्सानी रहेका थिए । प्रमुख अतिथिको मन्तब्य राख्दै वडा अध्यक्षले यस्ता सिप मुलक कार्यक्रमहरुले रोजगारीहरु सिर्जना गर्ने र समाजलाई सही बाटोमा डोर्याउन मद्धत पुग्ने कुरा बताए ।

कार्यक्रममा संस्थाका रितु थोकरले शुभकामना कामना प्रशिक्षार्थी होम बहादुर गुरुङ , रजनि तामाङ प्रशिक्षाक होम गुरुङ संघिय उपाध्यछ दिपक तामाङ ले आ आफ्नो मन्तब्य राखेका थिए भने कार्यक्रम संस्थाका सचिव मिनमाया तामाङ ले संचालन गरेकी थिइन ।