वैशाख १३ गते २०८०
फोटो पत्रकारिता दिवसमा दिप प्रज्वलन (फोटो फिचर)
पोखरा, १३ वैशाख ।
नेपाल फोटो पत्रकार संघ, कास्कीले राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाएको छ । ९६ औं राष्ट्रिय फोटो पत्रकारिता दिवसमा संस्थाले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।
नेपालमा पहिलो पटक फोटोलाई समाचारका रुपमा गोरखापत्रले विसं। १९८४ वैशाख १३ गते प्रकाशन गरेको दिनको सम्झनामा राष्ट्रिय फोटो पत्रकारिता दिवस मनाउन थालिएको हो । यसैको सम्झनामा संघले कार्यक्रम गरेको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोटोले समाचारलाई थप विश्वासनीय बनाउन सहयोग गर्ने भएकाले पत्रकारिताको एउटा अभिन्न अंग रहेको बताए । फोटो पत्रकारले विभिन्न समस्या झल्नुपरेकाले समाधानका लागि महासंघ हातेमालो गर्न तयार रहेको उनले सुनाए । ‘फोटो पत्रकारितासँगै समग्र पत्रकारिता क्षेत्रमा नै अहिले आर्थिक मन्दीको समस्या छ,’ उनले भने, ‘हामी पत्रकारको हकहितका लागि खटिन तयार छौं । त्यसैले नेपाल फोटो पत्रकार संघको समस्या पनि हाम्रो साथ र सहयोग रहन्छ ।’

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले हजार शब्दले बोल्न नसक्ने शब्द एक फोटोले जानकारी दिन सक्ने बताइन् । पत्रकारिताको महत्वपूर्ण पाटो फोटो पत्रकारितालाई आधुनिक युगमा सोही अनुसारको प्रविधिमा ध्यान दिनुपर्ने उनको भनाई थियो । नेपाल पत्रकार महासंघ गण्डकी÷कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले फोटो पत्रकारितामा चुनौति र अप्ठेरो धेरै भएकाले त्यसलाई चिर्दै जनतालाई सूचना दिनुपर्ने बताए ।
कार्यक्रममा अध्यक्ष दुर्गाप्रसाद पौडेल, संस्थापक अध्यक्ष घनश्याम पौडेल, पूर्वअध्यक्ष कृष्णमणि बराल लगायतले शुभकामना दिएका थिए ।