वैशाख ७ गते २०८०
तामाङहरुको मौलिक बाजा टुङ्ना तालिम सुरु
बैशाख ७,पोखरा
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबारदेखि पोखरामा तामाङ मातृभाषा प्रशिक्षण तथा तामाङ मौलिक बाजा टुङ्ना तालिम सुरु भएको छ ।कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा पोखरा १३ मा आयोजित यो प्रशिक्षण कार्यक्रम बैशाख ५ बाट सुरु भै एक महिनासम्म चल्ने छ ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले गरेका थिए। स्वागत मन्तब्य तामाङ घेदुङ कास्कीका अधयछ्य भक्त तामाङले तामाङ जाती भाषा र कलामा धनी जाती हो तर सयम संगै आजको यो स्मार्ट फोनको जमानामा तामाङ् जातीको लोप हुन लागेको भाषा र टुङुना बाजाको तामिल राखी सम्बर्धन गर्न सहयोग गर्ने सस्था गण्डकी प्रज्ञा प्रतिष्ठान प्रति सिङ्गो तामाङ घेदुङ हार्दिक आभारी रहेको बताएका छन् ।पछिल्लो समयमा भाषा, संस्कार र संस्कृतिलाई जोगाउदै पुस्ताहस्तान्तरण गर्ने अभियानमा गण्डकी प्रज्ञा प्रतिष्ठानले देखाएको क्रियाशिलताको मुख्य सचिव पन्थले खुलेर प्रशंसा गरें ।
कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले आफुहरु गण्डकी प्रदेशमा बसोबास गर्ने सम्पूर्ण जातीहरुको भाषा, संस्कृति जोगाउने अभियानमा लागेको बताए । उनले रिजल्ट बेसमा काम गरिदिन प्रशिक्षार्थीसँग आग्रह गरें । कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजक दीपक तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य पवित्रा तामाङ र सञ्चालन सचिव मिनमाया तामाङले गरेका थिए । प्रशिक्षण कार्यक्रममा भाषातर्फ २८ जना र बाजा तर्फ ३३ जनाको सहभागीता रहेको छ ।