पौष १८ गते २०७७

न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’हटाइँदै

काठमाडौं,१८ पुष ।

काठमाडौंको न्युरोडस्थित संकटा मन्दिर वरपर मानिसहरुको भिड बढिरहेको छ । सडकमाथि राखिएका रंगीचंगी ६ सय वटा छाताकै कारण मानिसहरुको चाप दिनदिनै बढेपछि यो क्षेत्र ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको छ ।

टिकटक र अन्य सामाजिक सञ्जालमा यो ठाउँमा आएर फोटो र भिडियो खिच्नेको संख्या थामिनसक्नु भएपछि आइतबारदेखि सबै छाता हटाउन लागिएको संकटा क्लबका सचिव आशिषमान सिंहले बताए ।

व्यापार बढ्नुको सट्टा उल्टो टिकटक बनाउने र फोटो खिच्नेहरूको संख्यामात्रै बढेको र ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएकाले छाता हटाउन लागिएको क्लबले जनाएको छ ।

क्लबका अनुसार अहिलेसम्म अम्ब्रेला स्ट्रिट १० लाखभन्दा बढीले अवलोकन गरिसकेका छन् ।