चैत्र ७ गते २०७९
नेपाल पर्यटन तथा होटलसम्वद्ध श्रमिक संघको अध्यक्षमा सरोज
कमल पौडेल अथक
पोखरा ७, चैत्र
नेपाल पर्यटन तथा होटलसम्वद्ध श्रमिक संघको सातौं अधिवेशनले सरोजजंग कुवँरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा ख्यामनारायण ढकाल, सन्तोषी खत्री, सचिवमा गुरुदत्त कोइराला र सहसचिवमा गणेश तिमिल्सिना भएका छन् ।
कोषाध्यक्षमा रवीन्द्र कुँवर, सहकोषाध्यक्षमा सन्तोष प्रताप सिंह चयन भएका छन् । यसैगरी सदस्यहरुमा ज्ञानवहादुर कार्की इशान खड्का, सीता भूषाल, विना श्रेष्ठ र अशोक गायक चयन भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्माले समस्या पर्दा नेतृत्वले खवरदारी गर्न सक्नु पर्ने वताए । उनले आवद्ध १६ मध्ये १० वटाको अधिबेशन सम्पन्न भैसकेको जानकारी दिए ।
नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य जीतवहादुर गुरुङले मजदुरको एकता भए मात्र संगठन वलियो हुने वताए । उनले राज्यले दिने सेवा सुविधाको अधिकार खोजी गर्न पनि संगठन दरिलो वनाउनु पर्ने वताए ।
नेपाल पत्रकार महासंघ राष्ट्रिय परिषद सदस्य कमल पौडेल अथकले केन्द्रीय नेतृत्वको ढुलमुले नीतिका कारण भातृसंस्थाको गरिमा कमजोर वन्दै गएको वताए ।
संघका उपाध्यक्ष सरोजजंघ कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य गंगा गिरी, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, निर्वाचन समितिका संयोजक कुलदेवी वराल, सदस्य रुद्र तिमिल्सिना, राजेश बुढा, खेम खड्का, गुरुदत्त कोइराला लगायतले वोलेका थिए ।