पूर्व बिद्यार्थी मञ्च, माछापुच्छ्रे मा बि (क्याम्पस) ढिकुरपोखरी, अन्नपूर्ण २, कास्की को अध्यक्षमा बिष्णु प्रसाद अधिकारी आएका छन । शुक्रबार दशैको अवसर पारेर शुभकामना आदनप्रदान सहित भएको भूपू बिद्यार्थीहरुको १७औ पुर्नमिलन तथा ७औ अधिबेशनले ३ वर्षका लागि अध्यक्ष लगायत १५ सदस्य नया कार्यसमिति छनोट गरेको छ । माछापुच्छ्रे मा बिद्यालयमा नै भएको सो कार्यक्रममा उक्त बिद्यालयमा अध्यान गरि हाल देश र बिदेशमा समेत बिभिन्न क्षेत्रमा कार्यरत भूपू बिद्यार्थी दशैको अवसरमा घरमा आएको मौका पारी पुर्नमिलन समेत भएको थियो । पूर्व बिद्यार्थी मञ्चकोे कार्यक्रममा शूभकामना मन्तब्य बिद्यालयका पूर्व बिद्यार्थी तथा जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख लोकराज भण्डारी, पूर्व प्र अ रामचन्द्र सुबेदी, मञ्चका संस्थापक अध्यक्ष गिरिधारी अधिकारी, माछापुच्छ्रे मा बि(क्याम्पस) का प्र अ घनश्याम पौडेल, अन्नपूर्ण गाउपालिका २ का वडाअध्यक्ष पिताम्बर भण्डारी, बिशिष्ठ अतिथि लोकसेवा आयोग गण्डकीका सचिव बिनोद कुवर तथा प्रमुख अतिथी सवोचर््च अदालतका उपरजिष्टार शिवहरी सुबेदी लगायतले मन्तब्य राखेका थिए । संस्थाका महासचिव रमेश भण्डारी ले सञ्चालन गरेको सो कार्यक्रमको मञ्चका अध्यक्ष गायत्री अधिकारी पराजुलीको सभापतित्वमा भएको थियो । उक्त कार्यक्रममा नै संस्थाद्धारा सञ्चालित हाजिरी जवाफ प्रतियोगिता तथा बिभिन्न क्रियाकलावमा उत्कृष्ठ हुने बिद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको थियो । उद्घाटन सत्र सकिए लगत्तै ४ सदस्य बिनोद कुवर , डा दिपक सुबेदी, लक्ष्मण अधिकारी र बलराम भूगाई रहेको निर्वाचन मण्डल भएको नया समिति गठन प्रक्रिया शुरु गरेको थियो । कुल १८५ जना सदस्य संख्या रहेको सो भूपू बिद्यार्थी मञ्चको आगामी ३ वर्षका लागि नेतृत्व गर्ने गने १५ सदस्य नया कार्य समिति छनोट गरिएको थियो । माछापुच्छ्रे मा बि, पूर्व बिद्यार्थी मञ्चको नया कार्यसमितिका लागि बिष्णु प्रसाद अधिकारी अध्यक्षमा छनोट भएका छन । यस्तै उपाध्यक्षमा गौरी कुमारी अधिकारी, महासचिवमा रमेशराज भण्डारी, सचिवमा हरिप्रसाद भण्डारी, कोषाध्यक्ष यम प्रसाद भण्डारी र अन्य सदस्यहरुमा क्रमश फडिन्द्र प्र अधिकारी, हरिराम भण्डारी, बिष्णु प्रसाद अधिकारी, घनश्याम पौडेल, कमला पौडेल सुबेदी, हरिप्रसाद भुगाई, गणेश भण्डारी, शोभाखर अधिकारी र गोबिन्द भण्डारी छनोट भएका छन । कास्की जिल्लाका उत्तर पश्चिम क्षेत्र अन्नपूर्ण गाउ पालिका २ तथा साबिकको ढिकुरपोखरी गाउपालिकामा पर्ने यो माछापुच्छ्रे मा बिद्यालय बिक्रम संवत २०२९ मा स्थापित भएको यो क्षेत्रकै एक अग्रणी शैक्षिक संस्था हो । हाल सम्म यस बिद्यालयबाट पास भई एसएलसी दिने कुल बिद्यार्थीको संख्या १३ हजार पुगेको छ । पास हुनेहरु अधिकांस शिक्षण पेशा र निजामती सेवामा कार्यरत रहेको देखिन्छ । यस्तै बैदेशिक रोजगारी र अन्य पेशा अपनायका पनि धेरै संख्यामा छन । वर्तमान समयको शहरीकरण, बैदेशिक रोजगारी र बिश्वब्यापीकरणले गाउहरु रित्तिदै जादा यस्ता शिक्षा क्षेत्रका अग्रणी संस्थाहरु गाउगाउमा बिद्यार्थी तथा अन्य साधनश्रोत र ब्यावस्थापनका कारण अप्ठारो अवस्थामा पर्दै आएका छन । बाग्लुड. पोखरा राजमार्गले छोएको भएपनि यो बिद्यालय नेपालका ग्रामिण भेकका शैक्षिक संस्थाहरुले भोग्ने यि बिबिध समस्याको चपेटाबाट भिन्न भने छैन ।
काठमाडौं,१५ भदौ । कोरोना महामारी फैलाउन जिम्मेवार सार्स–कोभ–टू को नयाँ भेरियन्ट फेला परेको छ । सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा फैलिएको पाइएको हो ।...
Read More
कमल पौडेल अथक पोखरा २३, कार्तिक उपभोक्ताका अधिकार संरक्षण गरिनुपर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार पोखरामा आयोजित उपभोक्ता...
Read More
१५ असार,पोखरा स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव भएको हो । हेमजाको मिलनचोक देखी प्रभात फेरी शुरु भएको कार्यक्रम कृषिमा...
Read More
माघ २४, पोखरा । कल्याण शेरचन स्मृति प्रतिष्ठानले वरिष्ठ लोक गायक कुमार बस्नेतलाई श्रष्टा सम्मान अर्पण गरेको छ । ‘उनकै छोरी तरुनी’, ‘कटर कटरमा’, ‘लैबरी लै’, ‘छोरी भन्दा आमा...
Read More