पोखरामा प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु
पोखरा ४, असोज
पोखरामा मंगलबारबाट प्रदेश स्तरिय खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डककीको संयोजनामा सुरु भएको तालिम असोज ५ गते बुधबार सम्म चल्नेछ । गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई लक्षित गरेर यो तालिम आयोजना भएको हो ।
तालिमको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले तालिमले खेल पत्रकारितामा रुचि राख्ने पत्रकारको दक्षता अभिवृद्धि हुने बताए । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्र्तगत खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत रहेका गुरुङले खेलकुद क्षेत्रमा भएका विकृति विसंगतीको बारेमा उजागर गर्न समेत पत्रकार समक्ष आग्रह गरे । प्राविधिक कारण तय भएका केही ठाउँको खेल स्थल परिवर्तन हुन सक्ने संकेत गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य स्थल पोखरा रंगशालामा रहेका संरचनालाई मर्मत तथा स्तरउन्नती गर्नको लागि पर्याप्त बजेट नछुट्याइएको गुनासो गुरुङले गरे । पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भएको उनको भनाई थियो ।
प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले खेलकुद पत्रकार मञ्च गण्डकीसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धी गतिविधिलाई आम सर्वसाधरणमाझ पु¥याउन सञ्चारकर्मीबाट निरन्तर साथ पाउने विश्वास उनको थियो ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्व अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी, पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरण बहादुर वानिया, नेपाल पत्रकार महासंघ मनाङका अध्यक्ष नविन लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडी, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल लगायतले बोलेका थिए ।
तालिममा गण्डकी प्रदेशमा कार्यरत खेल पत्रकारितामा रुचि राख्ने झण्डै ७० जना पत्रकारको सहभागीता रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले बताए । पौडेलका अनुसार पहिलो दिनमा कुल १३ जना प्रशिक्षकले प्रशिक्षण दिए । यसरी प्रशिक्षण प्रदान गर्नेमा योगेन्द्र शेरचन, पुनम गुरुङ, बिशाल कुँवर, सन्दिप बराल, मोहन गुरुङ, गोपाल श्रेष्ठ, रिजन प्रजु, राजन बडगामी, रामकृष्ण ज्ञवाली, राम गुरुङ, निरज थापा, प्रियंका बर्मा र योगेश भट्टराई रहेका छन् ।
राष्ट्रिख खेलकुद परिषदको आयोजना भएको तालिमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गरेको छ । यसैगरी कानून सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, मादि गाउँपालिका, रुपा गाउँपालिका, अन्न्पूर्ण गाउँपालिका, माछापुच्छ«े गाउँपालिका, केटिएम सिटी, वरपिपल रिर्सोट लगायतको सहयोग तालिममा रहेको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज २८ देखि कार्तिक ३ गतेसम्म हुँदैछ । सोही प्रतियोगितामा समावेश गरिएका ३६ खेलहरुको समाचार लेखनमा सहज पु¥याउने उद्धेश्यले तालिम आयोजना भएको तालिम संयोजक समेत रहेका नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले बताए ।
पोखराको चर्चित पर्यटकिय क्षेत्र सराङकोटको सराङकोट भ्यू प्वाइन्टबाट बिहीबार सूर्योदय र हिमशृङ्खला अवलोकन गर्दै पर्यटक । जेनजी आन्दोलनले प्रभावित पोखराको पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने प्रयासमा छ । तस्बिर...
Read More
३१ असार पोखरा , बिवादित कालीगण्डकी डाइभर्सन सर्वोच्च अदालतले तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले कालीगण्डकी डाइभर्सनका लागि कुनै पनि कार्य तत्काल...
Read More
पोखरा २, फागुन गण्डकी प्रदेश स्तरिय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ यहि फागुन ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना,गण्डकी...
Read More
१३ बैशाख ,पोखरा पोखरा फोटोग्राफर संघ पोखरा नेपालले नव वर्ष २०८० को आफ्नो बार्षिक क्यालेन्डर विशेष कार्यक्रममाझ बिमोचन सम्पन्न गरेको छ । संघका अध्यक्ष रामचन्द्र पोख्रेलको अध्यक्षता एवम् पुर्व...
Read More