डोडोट्याली कवि लोकराज भट्टद्धारा लिलित उपन्यास छाइल आइतवार एक समारोहका बिच पोखरामा विमर्श कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा प्राज्ञ तथा वरिष्ट साहित्यकार सरुभक्तले लेखकलाई आर्शिबचन दिदै उपन्यास लेखनकला र साहित्यको महत्व माथि चर्चा गर्नुभएको थियो । पोखराको युवा साहित्यकार सञ्जिव पौडेलले उक्त उपन्यासमाथी समालोचना गर्दै डोटी र त्यस वरपारको भाषा अनि गाउले परिवेशलाई मसिनोगरी बुनेर तयार गरिएको एक उत्कृष्ण उपन्यास छाइल सवै नेपालका ग्रामिण परिवेश र गरिवीलाई समेटेको छ भन्नु भयो । यस्तै अर्का युवा साहित्यकार गौरी तमूले उक्त पुस्तक बारेमा समालोचना गर्दैै उपन्यासमा भएका महिला पात्रको बारेमा चर्चा गर्नुभएको थियो । साहित्यकार हेमन्त बिवशले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टा एवं छाइलका लेखक लोकराज भट्टले उपन्यासमा भएका कथा बस्तु र पश्चिम नेपालको गाउघर परिवेशका कथा अनि भाषा लवज समेटने प्रयास रहेको बताउनुभएको थियो । पोखराको न्यूरोड स्थित हिमालयन रिडर्स कर्नरमा भएको सो कार्यक्रममा पोखराका युवा साहित्यकार तथा साहित्य प्रति रुचीहुनेहरुको उपस्थिती रहेको थियो । प्रकाशक तथा बुक्क हिमालयको प्रबन्ध निर्देशक पवन शाक्यको सभापतित्वमा भएको सो छाइल बिमर्श कार्यक्रम पत्रकार अमृत भादगाउलेको सक्रियतामा भएको थियो ।
पोखरा, २६ चैत । नेपाल पत्रकार महासंघ, कास्कीको अध्यक्षमा बिमला भण्डारी विजयी भएकी छन् । भण्डारी विजयी भएसँगै महासंघले पहिलो पटक महिला नेतृत्व पाएको छ । काँग्रेस निकट प्रेस...
Read More
कार्तिक ०५, पोखरा । घरेलु मैदानमा जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे...
Read More
काठमाडौं,२५ माघ । पश्चिमी वायुको प्रभावका कारण बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै...
Read More
काठमाडौं, ०७ पुस । कर्तव्य ज्यान मुद्दाको अभियोगमा फरार सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । हिजो शुक्रवार मन्त्रालयका...
Read More