डोडोट्याली कवि लोकराज भट्टद्धारा लिलित उपन्यास छाइल आइतवार एक समारोहका बिच पोखरामा विमर्श कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा प्राज्ञ तथा वरिष्ट साहित्यकार सरुभक्तले लेखकलाई आर्शिबचन दिदै उपन्यास लेखनकला र साहित्यको महत्व माथि चर्चा गर्नुभएको थियो । पोखराको युवा साहित्यकार सञ्जिव पौडेलले उक्त उपन्यासमाथी समालोचना गर्दै डोटी र त्यस वरपारको भाषा अनि गाउले परिवेशलाई मसिनोगरी बुनेर तयार गरिएको एक उत्कृष्ण उपन्यास छाइल सवै नेपालका ग्रामिण परिवेश र गरिवीलाई समेटेको छ भन्नु भयो । यस्तै अर्का युवा साहित्यकार गौरी तमूले उक्त पुस्तक बारेमा समालोचना गर्दैै उपन्यासमा भएका महिला पात्रको बारेमा चर्चा गर्नुभएको थियो । साहित्यकार हेमन्त बिवशले सञ्चालन गर्नुभएको सो कार्यक्रममा स्रष्टा एवं छाइलका लेखक लोकराज भट्टले उपन्यासमा भएका कथा बस्तु र पश्चिम नेपालको गाउघर परिवेशका कथा अनि भाषा लवज समेटने प्रयास रहेको बताउनुभएको थियो । पोखराको न्यूरोड स्थित हिमालयन रिडर्स कर्नरमा भएको सो कार्यक्रममा पोखराका युवा साहित्यकार तथा साहित्य प्रति रुचीहुनेहरुको उपस्थिती रहेको थियो । प्रकाशक तथा बुक्क हिमालयको प्रबन्ध निर्देशक पवन शाक्यको सभापतित्वमा भएको सो छाइल बिमर्श कार्यक्रम पत्रकार अमृत भादगाउलेको सक्रियतामा भएको थियो ।
Related Posts
Samaya Dristi
3 years ago
पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस पोखरा । पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र...
Read More
कमल पौडेल अथक पोखरा २४, जेठ जनप्रतिनिधिलाई कर्मचारीले अपमान गरेको भन्दै केही स्थानीय वासिन्दाले शुक्रवार पोखरा महानगरपालिका वडा नं ९ को कार्यालय घेराऊ गरेका छन् । उनीहरुले कार्यालय घेराऊ...
Read More
कार्तिक २६ पोखरा । पोखरा महानगरपालिकामा पछिल्लो समय देखिएको करार कर्मचारी व्यवस्थापनको विवाद विधिसम्मत समाधान गरिने नगर प्रमुख धनराज आचार्यले बताएका छन् । नगर कार्यपालिकाको २५ औँ बैठकले गरेको...
Read More
पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको...
Read More