पौष १८ गते २०७७

घान्द्रुक सहितका पर्यटकीय गन्तव्य खुल्ला हुने

पोखरा, १८ पुष ।
कास्कीको अन्नपूर्ण पद मार्गमा पर्ने घान्द्रुक, टाडापानी, घोरेपानी, देउँराली, उल्लेरी लगायतका क्षेत्रमा पर्यटक आगमनमा जनवरी १४ तारिख अर्थात माघ १ गते खुल्ला हुने भएको छ । गाउँमा बढी बृद्ध बृद्धाहरु भएको हुनाले कोरोना शंक्रमण बढ्ने जोखिमलाई मध्यनजर गरी माघ १ गते देखि मात्र उक्त क्षेत्रमा पर्यटक आगमनमा खुल्ला गर्ने भएको पर्यटन व्यबस्थापन समिति घान्द्रुकले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराइएको हो ।

करिब १० महिना पछि उक्त क्षेत्रमा पर्यटक आगमन खुल्ला गरेसंगै आफुहरुमा थप आशा र भरोसा समेत भएको समितिका अध्यक्ष किसन गुरुङले बताए । घान्द्रुकमा आगन्तुक पाहुनाहरुलाई स्वास्थ्य परिक्षणको क्रममा ज्वरो आउने तथा कोरोनाको कुनै लक्ष्यण देखा परेमा उनीहरुलाई दिउँसो ढिलोमा ४ः०० बजेसम्म पोखरा पठाउने व्यबस्था मिलाउने छ