कलाकार सूर्य सुबेदीको निर्देशनमा ‘त्यो प्रेम’ सार्वजनिक
रमेश तिमल्सिना पोखरा, ८ साउन ।
रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा संगित संयोजन विशाल निरौलाले गरेका छन् । कलाकार सूर्य सुबेदीको पटकथा तथा निर्देशन रहेको म्युजिक भिडियोको सह–निर्देशन कलाकार उज्ज्वलराज ढकालले गरेका हुन् । रोशनी कार्की र मिलन नेपालीको मुख्य अभिनय रहेको भिडियोमा फादर दिपेश सुनार लगाएतका कलाकारहरुले साथ दिएका छन् ।
बाइबल ग्रन्थको लुका अध्यायमा समेटिएका केही बुँदाहरुको भावबाट रिफ्रेन्स लिएर भिडियो निर्माण गरिएको निर्देशकले जानकारी दिए । नारी निशन्तान हुँदाको पिडा र सन्तान प्राप्ती पछीको खुसीलाई निर्देशक सुबेदीले भिडियोमा कलात्मक ढंगबाट प्रस्तुत गरेका छन् । पोखरा थिएटरमा बिगत लामो समय देखि अभिनयमा सक्रिय रहदै आएका सुबेदीले यस अघि छोटा चलचित्र ‘लव ड्रप्स’ को निर्देशन गरिसकेका छन् ।
रेभेरेन्ड पास्टर क्रुस सिंहको लगानीमा बनेकोे भिडियोको छायांकन तथा सम्पादन बिकेश मगरले गरेका हुन् । बुढासुब्बा डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको गितको निर्माण व्यबस्थापनको काम सन्दिप पाण्डेले गरेका हुन् ।
भाद्र २५, पोखरा खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कर्मचारी कृष्णहरि वाग्ले २५ हजार घुस सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले उनलाई बगर...
Read More
काठमाडौं, ८ असोज ।नागरिक दैनिकमा कार्यरत श्रमजिवी पत्रकारहरुको पेशागत हकहितको लागि सुविद गुरागाईँको अगुवाइमा विगत ४ दिनदेखि जारी सत्याग्रहमा फोटो पत्रकार समूहले पनि ऐक्यवद्धता जनाएको छ । आफ्नो श्रमको...
Read More
काठमाण्डौं, १८ जेठ । नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै...
Read More
लेखनाथ, ३० भाद्र । लियो क्लव अफ लेखनाथले बालबालिका दिवसको अवसरमा आयोजना गरेको कोरोना विपदमा बालबालिका नामक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। लियो क्लव अफ लेखनाथका अध्यक्ष लियो...
Read More