जिराे किलाे मिटरबाट शुरु भई सृजना चोक, सभागृह , न्यू रोड हुँदै बि पी चाेक सम्म बन्दै गरेकाे साइकल लेन अन्तिम चरणमा पुगेकाे छ। याे लगभग साढे दुई किमि रहेकाे छ। बिचमा हरियो रङ र साईकलकाे लोगो साईडमा सेताे पहेलो थर्माे प्लास्टिक पेन्ट लगाएर बनाईएकाे छ।
याे पेन्ट पाेखराकाे पर्यटन बाताबरण र स्वास्थ्यका लागि उपयुक्त रहेकाे छ।बाटाे फराकिलो हुदैमा समस्याको समाधान हैन, ब्यवस्थित सडकले मात्र सवारी चापलाई सहज बनाउन सकिन्छ। पट्राेलियमकाे मुल्य आकाशिदाे अवस्थामा छ। साईकल ले स्वास्थ बाताबरण सुधार र पेट्रोलियम प्रदार्थकाे खपतमा कमि गराउने साइकल लेन उपभोक्ता समितिका अध्यक्ष राजन गाेङ्गजुले बताउनु भयाे।
साईकल सिटी पोखराको पहलामा पाेखरा साइकल लेन निमार्ण समिति गठन गरि पाेखरा महानगरपालिकाकाे रू ३०००००० (तीस लाख) उपभोक्ता समितिकाे रू ५३०००० ( पाँच लाख तीस हजार) गरी जम्मा रू ३५३०००० ( पैत्तिस लाख तीस हजार) बजेटले निमार्ण गरिएकाे र साइकल लेनले पोखरालाई थप आकर्षक बनाउनुको साथै साईकल यात्रीका लागि सडकमा अधिकार थपिएकाे पाेखरा साइकल लेन निमार्ण समितिका सचिब जय गुरूङ्ले बताउनु भयाे।
साइकल सिटी पाेखराले २०७१ /०५/ १६ गते नेपालमा पहिलाे पटक साइकल मार्गकाे ज्ञापनपत्र र त्यस पछि साइकल मैत्री पर्यटकीय शहरकाे अवधारणा नेपाल सरकारलाई बुझाएकाे स्मरण गर्दै साइकल सिटी पाेखराका पुर्ब अध्यक्ष प्रकाश बज्राचार्यले अब नयाँ बन्ने सडकमा साइकल लेनकाे आवश्यतालाई पनि मध्यनजर गर्दै समबन्धित निकायले गृहकार्य अघि बढाउने छ भन्ने बिश्वास बेक्त गर्नुभयो।
चितवन ,२ जेठ । हावाहुरीले रूख र बिजुलीको पोल ढाल्दा मुग्लिन-काठमाडौं सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ को पानीधार भन्ने स्थानमा हावाहुरीले रुख र बिजुलीको पोल ढाल्दा...
Read More
काठमाडौं, ६ साउन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाको औचित्य समाप्त भइसकेको बताएका छन् । काठमाडौंमा पार्टीको अंग्रेजी मुखपत्र रेडफ्रन्ट विमोचन गर्दै उनले अहिले पञ्चायतकालमा भन्दा...
Read More
काठमाडौं,११ साउन । नेपालमा कोरोना संक्रमणको तेस्रो लहर असोज १५ देखि आउन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सोमबार कोभिड–१९ रोकथाम...
Read More
काठमाडौं,२३ साउन । पछिल्लो २४ घण्टामा थप ३,२१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,८६६ जनाको पीसीआर परीक्षणमा २,२३१ र ४,७०७ एन्टिजेन...
Read More