फोटोग्राफर संघ गण्डकीको दुई दिने फोटोग्राफी कार्यशाला, फलेवासको डहरे देउरालीमा सम्पन्न ।
२९ फागुन, पोखरा फोटोग्राफर संघ गण्डकीले २ दिने फोटोग्राफी कार्यशाला पर्वतको फलेवास स्थित डहरे देउराली सामुदायीक होमस्टेमा सम्पन्न गरेको छ । २ दिन सम्म चलेको सो कार्यक्रमा गण्डकी प्रदेशका तराई देखि हिमाल सम्मका, पर्वत, ,स्याड.जा, कास्की ,तनहु ,लमजुड. र नवलपुरका ३६ जना फोटोग्राफर तथा फोटोपत्रकारहरुले सहभागिता जनाएका थिए ।
आन्तरिक पर्यटन प्रर्वधनको उद्धेश्य लिएर अलगअलग कार्यक्रम प्रदेशका बेग्लाबेग्लै जिल्लामा आयोजनाा गर्ने संस्थाको उदेश्य अनुरुप यस पटक पर्वतको फलेवास डहरेदेउराली होमस्टेलाई चयन गरिएको संस्थाका सचिव तुलसी राम सुवेदीले बताए ।
कार्यक्रमको सहजकर्ता फोटोग्राफर संघ गण्डकीका प्रदेश सदस्य तथा फोटोपत्रकार घनश्याम पौडेलले फोटोग्राफी ईतिहांस तथा आधारभुत फोटोग्राफी सिद्धान्तका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको मध्य भागमा लेण्डस्क्रेप नेचुरल फोटोग्राफीको ब्यवहारीक ज्ञानका लागि डहरेदेउराली शिव मन्दिर तथा देउराली भ्यू पोईन्टमा प्रयोगात्मक अभ्यासको कार्यक्रम समेत गरिएको थियो । डहरे देउराली को पर्यटकिय तथा धार्मिक बिकासका लागी संस्थागत रुपमा रु ४००० सहयोग गरिएको थियो ।
प्राकृतीक रुपले अतिनै सुन्दर स्थानका रुपमा डहरे देउरालीलाई महशुस गरेको र पाखाभरी लटरम्भ लालिगुरांस फुलेको नया अनुभुती जिवनमा पहिलो पटक महसुस गरेको फोटोग्राफर संघ गण्डकीका कोषाध्यक्ष जिवन ढुंगानाले बताए ।
समापन कार्यक्रमा प्रमुख अतिथिका रुपमा शुभकामना दिदै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले आफ्नो नगरपालिकामा आयोजना गरिएका यस किसीमका कार्यक्रमहरुले हामी सवैको मन जित्न सफल भएको बताए । फोटोग्राफी क्षेत्र भनेको समाजको ऐना रहेको बताउदै उनले हजार शब्द ले बताउन नसक्ने कुरा एउटा तस्बिरले बताईदिने हुंदा डहरेदेउराली जस्ता पर्यटकीय क्षेत्रमा फोटोग्राफी कार्यशाला राख्नु आफैमा गौरवको बिषय रहेको दावी गरे ।
फोटोग्राफर संघ गण्डकीले फोटोग्राफी आन्दोलनमा गण्डकी प्रदेशभरिका फोटोग्राफरहरु बिचमा आपसी समझदारी र भातृत्वका लागि अलग्गै पहिचान बनाउन सफल रहेको फोटोग्राफर संघ गण्डकीका अध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए । कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष जनकराज तिवारी,तनहु फोटोग्राफर संघका अध्यक्ष बलभद्र श्रेष्ठ,लमजुङ फोटोग्राफर संघका अध्यक्ष मिलन शर्मा दनाई,नवलप’र फोटोग्राफर संघका अध्यक्ष किशोर अधिकारी ले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सहित फोटोग्राफी कार्यशालाको औचित्यका बारेमा कार्यक्रम संयोजक तथा संस्थाका उपाध्यक्ष नारायण बहादुर केसी ले प्रष्ट पारेका थिए ।
संस्थाका अध्यक्ष दुर्गा प्रसाद पौडेलको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव तुलसी राम सुवेदीले संचालन गरेका थिए । कार्यशालामा सहभागि ३६ जना फोटोग्राफरहरुलाई प्रमुख अतिथि शर्माले प्रमाणपत्र पदान गरेका थिए ।भने स्थानिय ब्यवस्थापन पर्वत फोटोग्राफर संघले गरेको थियो ।
१ साउन,पोखराआफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ ।पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक...
Read More
स्याङ्जा, ८ असार । तमु जातिको अग्रणी सामाजिक सामुदायिक संस्था तमु धिं नेपालको स्याङ्जा जिल्ला समितिको प्रथम वार्षिकोत्सव सोमबार पुतलीबजार नगरपालिका वडा ३ मजुवास्थित तमु गुरुङ समाजमा भव्यताको साथ...
Read More
पोखरा १९, भदौपोखरा यातायात व्यवसायिक पत्रकारिता पुरस्कार २०७९ बाट पोखराका पत्रकार कमल पौडेल अथक पुरस्कृत भएका छन् । पोखरा यातायात प्रालिको चौथो साधारण सभाको अवसरमा उनलाई सो पुरस्कार प्रदान...
Read More
कमल पौडेल अथक फलेवास १६, बैशाख रोटरी क्लव अफ पोखरा फिस्टेलले पर्वतको फलेवास नगरपालिका २ थापाठानाका ६ सय घर परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । ग्रामीण सामुदायिक विद्युतीकरण...
Read More