भारत र चीनमा ‘ओमिक्रोन’ भेरियन्ट भेटिए संगै नेपालमा संक्रमणको जोखिम बढ्यो
काठमाडौँ, २८ मंसिर । चीनमा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ।
उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् । विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।
पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।
ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्याउँछ वा पुर्याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइसकेको छैन ।
भारतमा……..
भारतमा दुईजनामा कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । कर्नाटक राज्यमा बिहीबार दुईजनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण देखिएकामध्ये ६६ वर्षका पुरुष दक्षिण अफ्रिकाबाट फर्केका र अर्का ४६ वर्षका पुरुष भने स्थानीय रहेको मन्त्रालयको भनाइ छ । संक्रमित दुवैजनामा ज्वरोको लक्षण देखिएको छ ।
भारतमा नयाँ भेरियन्ट देखिएसँगै उच्च सतर्कता अपनाइएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै सहरमा कोभिड परीक्षण तीव्र पारिएको छ । परीक्षणका क्रममा पजिटिभ देखिएकामा जिन सिक्वेन्सिङ भइरहेको छ । योसँगै भारतले आवतजावतमा पनि कडाइ सुरु गरेको छ । बुधबारदेखि लागू हुने गरी भारतले उच्च जोखिम भएका देश बेलायत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, बंगलादेश, हङकङ र इजरायलबाट आउने यात्रुलाई कडाइ गर्ने निर्णय गरेको हो । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एयरपोर्टमा परीक्षण अनिवार्य गरिने र रिपोर्ट नआउँदासम्म विमानस्थलबाट बाहिरिन रोक लगाइएको छ ।
नेपालमा संक्रमणको जोखिम बढ्यो हालसम्म ३० देशमा ओमिक्रोन फैलिएको छ । विभिन्न देशका तीन सय ७५ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । भारतमा कोभिडको नयाँ भेरियन्ट देखिएसँगै नेपालमा संक्रमणको जोखिम बढेको चिकित्सकहरूले बताएका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको पहिलो र दोस्रो लहरमा भारतबाट नेपाल भित्रिएकाले यसपटक पनि जोखिम बढ्न सक्ने बताए । अघिल्लोचोटि सीमानाकामा परीक्षणमा कडाइ नगर्दा संक्रमणले महामारीको रूप लिएकाले सावधान रहन अतिआवश्यक भएको उनको भनाइ छ । ‘यो भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । तसर्थ, नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ,’ पुनले भने ।
जिन सिक्वेन्सिङ नियमित भइरहे पनि हालसम्म नेपालमा भने ओमिक्रोन पुष्टि नभएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य मन्त्रालयले भने विदेश भ्रमण नगर्न सुझाव दिएको छ । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावना बढेको भन्दै मन्त्रालयले नाका र एयरपोर्टमा सतर्कता बढाइएको उल्लेख गरेको छ । नयाँ भेरियन्ट भेटिएको मुलुकबाट आउने यात्रुलाई विमानस्थलमै हेल्थ डेस्क राखेर परीक्षण गर्ने र क्वारेन्टिनमा राख्ने क्रम थालिएको मन्त्रालयले जनाएको छ ।
डा. शेरबहादुर पुन : वरिष्ठ सरुवारोग विशेषज्ञ
ओमिक्रोन भाइरसबारे अझैसम्म पर्याप्त जानकारी छैन । हरेकपल्ट कोभिडले फरक स्वरूप देखाइरहेकाले यकिन प्रमाण नहुन्जेलसम्म अनुमान गर्न सकिँदैन । त्यसैले नाका र एयरपोर्टमा परीक्षणको दायरा बढाउनुपर्ने चुनौती थपिएको छ । संक्रमण भित्रिन नदिनु नै अहिलेको मुख्य विकल्प बन्न सक्छ ।
पोखरा २०, चैतगण्डकी प्रदेशको ह्याण्डवलको टोलीउदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्लाह्याण्डवल संघको आयोजनामायही चैत २१ देखि २४ गतेसम्म वेलकानगरपालिकामा संचालनहुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी...
Read More
पोखरा, ३० साउन । कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कर्मचारी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कर्मचारीको कार्यक्षमता, सकारात्मक सोच, व्यवहार तथा जीवनशैलीमा सुधार ल्याउने उद्देश्यले कार्यक्रम...
Read More
काठमाडौं, ११ पुष । गृहमन्त्री बालकृष्ण खाँणले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सिंहदरबारमा बोलाइएको बैठकमा आन्तरिक सुरक्षा परिस्थितिबारे छलफल हुने गृह मन्त्रालय स्रोतले बतायो । गृहमन्त्रीको अध्यक्षतामा...
Read More
गुल्मी ०१ बैशाख। स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका गुल्मीका कर्मचारी सवार जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृत्यु हुनेमा खरिदारदेखि अधिकृतसम्म छन्। स्याङ्जा स्थायी घर भएर...
Read More