दर्शकले अत्याधिक रुचाएको नाटक ‘चरणदास चोर’ पुन मञ्चन हुने
राम प्रसाद पाण्डे राजु पोखरा, १९ मंसिर ।
पोखरा थिएटरको गन्धर्ब नाटक घरमा नाटक चरणदास चोर पुन मञ्चन हुने भएको छ । रेनेसा थिएटरको पहिलो प्रस्तुतिको रुपमा रहेको नाटक दर्शकको अत्याधिक माग संगै पुन मञ्चन गर्ने भएको हो । हांस्यचेत र संबेदनाले भरिएको नाटक गत मंसिर १ देखि १४ गते सम्म नियमित र १५ गते स्कूलको माग अनुरुप बुकिङ्ग शो गरी १९ शो भब्यरुपमा मञ्चन गरिसकेको छ । करिब २५०० दर्शकले हेरीसकेको नाटकमा पुन दर्शकको उत्साहाजनक सहभागिता रहनेमा नाटकका कलाकार रमेश बाबु तिमल्सिना विश्स्त छन् ।
नाटकमा समसामयिक बिषयबस्तु उठान, राजनिति प्रति ब्याङ्य संगै धनि र गरिब बिचको बिभेदलाई उजागर गर्न गरिएको छ । नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। निश्चल बिमलको निर्देशन रहेको यस नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमल्सिना, मनोज सुनार, एम.डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय रहेको छ ।
दर्शकहरुकोे अपार मायां र हौसलाले गर्दा नाटक यही मंसिर २२ गते देखि २५ गते सम्म पुन मञ्चन गर्न लागेको नाटकका निर्देशक निश्चल बिमलले जानकारी दिए । थप गरिएको चार दिनमा बेलुका ५ बजे नियमित शोे, शनिबार दिउसो १ बजे अतिरिक्त शो संगै माग अनुसार बुकिङ्ग शो पनि गर्न सकिने जनाएको छ ।
कमल पौडेल अथक पोखरा २३, कार्तिक उपभोक्ताका अधिकार संरक्षण गरिनुपर्ने एक कार्यक्रमका वक्ताले वताएका छन् । उपभोक्ता मञ्च कास्की र पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा बुधवार पोखरामा आयोजित उपभोक्ता...
Read More
पोखरा,२१ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि गण्डकी प्रदेशको विशेष अधिवेशन आज बोलाइएको हो ।विशेष अधिवेशनको बैठक दिउँसो १ बजे पोखरा सभागृहमा...
Read More
पोखरा, जेठ । व्यवसाय प्रवद्र्धन केन्द्र पोखरा महानगरपालिकाको आयोजना एवम् नेपाली युवा उद्यमी मञ्चको सहकार्यमा आजदेखि पोखरा आइडिया मार्ट तथा बुट क्याम्प सुुरु भएको छ । लुम्लेस्थित कृषि अनुन्धान...
Read More
पोखरा, ३ बैशाख । १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव...
Read More