‘लक्ष्मीशरणका कविताहरु’ लोकर्पण राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष स्थापना
पोखरा, ८ असोज । शिक्षासेवी, कवि एवम् उत्प्रेरक लक्ष्मीशरण उपाध्यायद्धारा सिर्जना गरिएका कविताको संग्रह लक्ष्मीशरणका कवितााहरु लोकर्पण गरिएको छ ।
हेमजा साहित्य प्रतिष्ठान नेपालले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा नेपाल सरकार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले लोकार्पण गर्नुभएको हो । कविता संग्रह लोकर्पणसँगै लक्ष्मीशरण उपाध्यायका परिवारबाट वुवा आमाको नाममा राधालक्ष्मी साहित्य पुरस्कार अक्षयकोष समेत घोषणा गरेका छन् । उपाध्यायको ८५ औ जन्मदिनको अवसर पारेर परिवारले २ लाख १ हजार १ सय ११ रुपैयाको अक्षयकोष स्थापना गरेको हो । उक्त अक्षयकोषको सञ्चालन हेमजा साहित्य प्रतिष्ठानले गर्ने छ । अक्षयकोषको व्याजबाट साहित्य क्षेत्रमा कलम चलाउने व्यक्तिलाई पुरस्कृत गरिने उपाध्यायका जेष्ठ सुपुत्र केशवशरण पौडेलले जानकारी दिनुभयो । ‘हाम्रो परिवारबाट वुवाआमाको सम्झानामा यो अक्षयकोष स्थापना गरेका हौं’ पौडेलले भन्नुभयो–‘ यो शुरुवात हो हामी अक्षयकोषलाई बढाउँदै लैजाने छौं ।’ छिट्टै नै अक्षयकोषको कार्यविधि बनाएर सञ्चालन गरिने प्रतिष्ठानका अध्यक्ष शंकरमणि त्रिपाठी छन्दमणिले जानकारी दिनुभयो । उक्त अक्षयकोषमा भाषविद् मुकुन्द शरण उपाध्यायले २५ हजार रुपैया हस्तान्तरण गर्नुभएको छ ।
उक्त अवसरमा प्रतिष्ठानका संस्थापक सचिव तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्यायलाई सम्मान गरिएको थियो । प्रतिष्ठानमा खेलेको भूमिका र नेपाल सरकारद्धारा प्रदान गर्न लागिएको जनसेवाश्री मान पदवीबाट विभूषित हुन लाग्नुभएकोमा उपाध्यायलाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल सरकार गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले साहित्यमा तिख्खरता, नविनता र जिवन्तताको खाँचो रहेको बताउँनुभयो । ‘पछिल्लो समया साहित्य जुन ढंगले अगाडि बढ्नु पर्ने हो त्यो देखिएको छैन’ उहाँले भन्नुभयो,–‘समाजलाई सहिदिशा बोध गर्न पनि साहित्यमा तिख्खरता, नविनता र जिवन्तताको खाँचो छ।’ साहित्यक्षेत्रलाई परिस्कृत गर्नका लागि सरकारको तर्फबाट सधै सहयोग रहेने उहाँको भनाई थियो । उहाले पुस्तक र अक्षयकोषलाई जिवन्त राख्न प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहने बताउँनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विर्खचीले उपाध्यायका विचारलाई वाहिर ल्याउने कामको शुरुवात भएको बताउँछै यस क्षेत्रको भाषा, साहित्य, कला, संस्कृतिको उत्थानको लागि सधै हातेमाले गर्ने बताउँनुभयो । हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष शंकरमणि त्रिपाठी छन्दमणिको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष जनार्दनशरण त्रिपाठी, संस्थापक सचिव कोविदशरण उपाध्याया, छन्दनायक माधव वियोगी, प्रतिष्ठानका निर्वतमान अध्यक्ष तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य कृष्णप्रसाद पौडेल, डा. जगन्नाथ रेग्मी, गौरी शंकर माविका सह प्राचार्य मानबहादुर कार्की, भूवनेश्वर पौडेल, प्रतिष्ठानका सहसचिव शिव त्रिपाठी, पौडेल विमुन्स, सचिब सुनिल गायकले बोल्नुभएको थियो ।
राजाराम पौडेल,पोखरा १९ जेठ गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा पोखराको लामाचौरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम आयोजना भएको छ । प्रशिक्षण कार्यक्रमको उद्घाटन शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय...
Read More
पोखरा । अमरसिंह मैदानमा जारि पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । महोत्सवमा दर्शकको भीड संगै याक अवलोकन, घोड सवार, नेपाल टेलिकमको सिमकार्ड लिने र विभिन्न जातजातिको मौलिक पोषाक...
Read More
बागलुङको निसीखोला गाउँपालिका–५, निसेलढोरमा मनाइने नाङ्खा (गाउँ)पूजामा सहभागी स्थानीय युवाहरु । एक हजार वर्ष पुरानो मानिने यो पूजा अहिले पनि प्रचलनमा रहेको छ । तस्बिरः डम्मर बुढामगर,रासस
Read More
काठमाडौं, १ माघ । पौडेल वंश महासंघको यही पुुस २७ र २८ गते बाँके जिल्लाको कोहलपुरमा सम्पन्न दोस्रो महाधिवेशनले हरिराम पौडेल(कास्की)को नेतृत्वमा केन्द्रीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।...
Read More