रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार तनहुका कुमारमोहन लाई
३ भाद्र पोखरा, पोखरा फोटोग्राफर संघ द्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुंका फोटोग्राफर कुमार मोहन श्रेष्ठ लाई प्रदान गरिने भएको छ । १८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो ।
गण्डकी प्रदेश भरी वाट आएका सिफारिश का आधारमा ११ जिल्ला मध्येवाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिती संयोजक राममणि पौडेल ले बताए । पुरस्कार राशि २५ हजार ५ सय ५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि÷तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदैआएको छ । फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यसअघि पोखराका अग्रज फोटोगौफर विश्वरत्न शाक्य, नारायण बाटाजु , रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ । श्रेष्ठ बिगत ५० वर्ष देखी फोटोग्राफी पेशामा लागीरही हाल सम्म पनि सम्झना फोटो दमौली संचालन गरिरहेका छन। यति लामो इतिहास बोकेका फोटोग्राफर लाई पुरस्कृत मा छनौट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेल ले बताए । संस्थाका सचिव बिशु बराल ले संचालन गरेको कार्यक्रममा नारायणहरी अधिकारी ले स्वागत मन्तब्य राखेका थिए भने महिला समिति संयोजक शान्ती सुवेदी , आजिवन सदस्य भक्त तामाङ्ग पुर्व अध्यक्ष तुलसीराम सुवेदी , पुर्व अध्यक्ष राम्जी थापा निर्वतमान अध्यक्ष रविनाथ दाहाल संरक्षक गणेश छवि ले आ आफ्नो भनाई राखेका थिए ।
पोखराबाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे...
Read More
पोखरा १६ असार । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको...
Read More
पोखरा ४ असारछैटौं संस्करणको ‘पोखरा स्पोटर्स’अवार्ड २०७८’ सफल बनाउन गण्डकी प्रदेशका खेलसंघहरुले संघहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । शनिबार पोखरामा आयोजना गरिएको भेलामा उनीहरुले कार्यक्रमलाई सफल पार्नको लागि रचनात्मक...
Read More
पोखरा, पोखराका ब्यबसायी एबम उद्योगीहरुको अग्रणि संस्था पोखरा उद्योग वणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन्। संघको ३५ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न मतगणनाको परिणाम अनुसार कार्कीले आफ्ना...
Read More