बैतडीकी भागरथी भट्टको हत्याका आरोपमा पक्राउ परेका दिनेश भट्टले अपराध स्वीकारेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआईजी उत्तम सुवेदीले भागरथीको हत्यामा अरु कोही संलग्न नदेखिएको बताए ।
दिनेशले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको सुवेदीले बताए । हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निस्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । ‘अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायक अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ,’ उनले भने ।
१६ वर्षको किशोरले १७ वर्षको किशोरीलाई जबजस्ति बलत्कार र हत्या गर्न सम्भव छ त भन्ने प्रश्नमा उनले भने, ‘घटनास्थलको प्रकृति र उसले गर्नसक्ने गतिविधि हेर्दा गर्न नसक्ने भन्ने छैन ।’ घटनास्थल जाँच सोधपुछको क्रममा निजले दिएको बयान, निजको टेक्निकल अनुसन्धान गर्दा देखिएको लोकेसन सबैको आधारमा साविति कुराहरु छन् ।
नवराज रेग्मी’चिन्तन’ ———– कवाडी-कवाडी भनी,पैसाे लगे दक्षिण तिरै पशुपतिमा जाेगी बनी,पैसाे लगे दक्षिण तिरै। अाफ्नै देशमा श्रम गर्न,लाज मान्छाैं हामी टन्नै कमाय बने धनी,पैसाे लगे दक्षिण तिरै।।
Read More
काठमाडौं,१९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने बताएका छन् । बालुवाटारमा शनिबार...
Read More
पोखरा, ६ चैत । नेपाल उद्योग वाणिज्य महा संघको गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र...
Read More