श्रावण ४ गते २०८३
लेखनाथ जन्मस्थल संरक्षण तथा विकास समितिमा गोपीराज
लेखनाथ । कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल संरक्षण तथा विकास समितिको अध्यक्षमा गोपीराज पौडेल चयन भएका छन् । संस्थाको प्रथम साधारणसभा तथा अधिवेसनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा कृष्णमणि लामिछाने,सचिवमा शिबमोहन अधिकारी,सहसचिवमा दिपेन्द्र शर्मा,कोषाध्यक्षमा विमला पहारी रहेका छन् ।
यसैगरी सदस्यहरुमा राजेन्द्रबहादुर जि सी,तिलबहादुर भुजेल,मित्रलाल तिमिल्सेना,शिबराज तिमिल्सेना,गोपालमणि लामिछाने र ऋषिकेश बराल रहेका छन् ।लेखा संयोजकमा घनश्याम लामिछाने चयन भए ।
साधारणसभाको पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले उद्घाटन गर्दै आफूहरु निर्वाचित भएपछि लेखनाथ जन्मस्थल विकासका लागि सक्दो काम गरिरहेको वताए । जनप्रतिनिधिका हिसाबले लेखनाथ जन्मस्थल विकासका लागि योगदान दिने सम्पूर्णप्रति उनले धन्यवाद ज्ञापन गर्दै नयाँ कार्यसमितिलाई पनि पूर्ण साथ सहयोग रहने वताए ।
लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछानेले करीब दश वर्ष आपूmले नेतृत्व गर्दाका अनुभव प्रस्तुत गर्दै संस्था औपचारिक रुपमा दर्ता भएर अधिवेसनका क्रममा रहँदा खुशी लागेको उल्लेख गरे । लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले आफूहरुले खल्तीबाटै रकम खर्च गरेर पनि कार्यक्रमहरु अगाडि बढाउँदै सबैको सहयोगले नै संस्था यहाँसम्म ल्याएको वताए । लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले लेखनाथसँग सम्बन्धित समाचारहरुले सधैं प्राथमिकता पाएका र अझै कलम चलिरहने भनाइ राखे ।
कार्यक्रममा टिकट घर निर्माण गरिदिने संस्था लेखनाथ उद्योग वाणिज्य संघ, निवर्तमान अध्यक्ष विश्वप्रकाश लामिछाने र लायन्स क्लब अफ कैलाश चौतारी पोखरालाई सम्मान समेत गरिएको थियो ।
लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोला, नेपाल रेडक्रस सोसाइटी अर्घौं उपशाखाका सभापति बोधराज लामिछाने,लक्ष्मी आदर्शका प्रअ शिबमणि भण्डारी, लेखनाथ साहित्य प्रतिष्ठानका उपाध्यक्ष छवि सुवेदी,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु त्था संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएका थिए । सञ्चालन सचिव शिबमोहन अधिकारीले गरेका थिए ।