असार २४ गते २०८३
महेन्द्रपुलको ट्राफिक व्यवस्थापन मिलाउन पोउवा संघको सहजीकरण
पोखरा,२३ असार । पोखराको मुख्य बजार महेन्द्रपुल क्षेत्रको ट्राफिक समस्या समाधानका निम्ति ‘सुझाव संकलन एवं कार्यान्व्यन समिति’ गठन हुने भएको छ ।
पोखरा उद्योग वाणिज्य संघले मंगबार जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको समन्वयमा आयोजना गरेको छलफल कार्यक्रममा समस्याको पहिचान र त्यसको समाधानका निम्ति समिति गठनको निर्णय भएको हो ।
महेन्द्रपुल क्षेत्रका व्यवसायी सहभागी छलफल कार्यक्रमका प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले नागरिकको जीवन रक्षा र सहज पार्किङ आफ्नो सरोकार भएकोकाले यो विषयमा सहकार्यको प्रस्ताव गरेसँगै समिति गठनको सहमति जुटेको हो ।
यसअघि पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष गोकर्ण कार्कीले फुटपाथ पैदलयात्रीकै भएकोमा पोखरा उद्योग वाणिज्य संघ प्रष्ट भएको बताउँदै सडकमा गरिने पार्किङका सवारी आवागमन र ट्राफिक व्यवस्थापन बिग्रन नहुनेमा जोड दिएका थिए ।
पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा फुटपाथमा हुने अनधिकृत व्यवसाय हटाइएको,पार्किङमा देखिएका समस्या समाधानको पहल भएको स्मरण गर्दै उनले भने,‘हामी व्यवसायीलाई मर्का नपरोस् भन्ने चाहन्छौँ । मान्छे आएपछि पार्किङ चाहिन्छ र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने मुल प्रश्न हो । यसमा स्थानीयको साथ र सहयोग हुनुपर्छ ।’
कार्यक्रममा बोल्दै पोखरा ९ का वडाध्यक्ष महानगरले अस्तव्यस्त पार्किङलाई व्यवस्थित गर्न खोज्दा व्यवसायीबाट सहयोग नभएको र उल्टो ‘मुर्दावाद’को नारा लागेको बताउँदै अगाडि भने,‘अहिले महिलाहरुले एउटा स्कुटर निकाल्न १ सय रुपैयाँ दिएको, पार्किङमा मोटरसाइकल राख्नेहरुबीच हानाहान भएको यहाँहरुले देख्नुभएकै होला । ट्राफिक व्यवस्थापनको लागि कि महानगर र प्रहरीलाई सघाउनुप¥यो,हैन भने स्थानीयले नै व्यवस्थापन गर्नुप¥यो नि ।’
उनले महेन्द्रपुल क्षेत्रमा रहेको सार्र्वजनिक शौचालयमा जान चाहने, झण्डा पार्कमा आउने पर्यटकका सवारी पार्किङमा सहयोग गर्न पनि व्यवसायीहरुसँग आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष दीनेशचन्द्र बास्तोलाको धन्यवाद र महासचिव शोभा गौतमको संचालन रहेको कार्यक्रममा स्थानीय व्यवसायी रोशन महर्जनले व्यवसाय पनि चल्ने र अरुलाई पनि बाधा नहुने गरी पार्किङको व्यवस्थापन हुनुपर्ने धारणा राखेका थिए ।
महेन्द्रपुलका स्थानीयवासी सुमन श्रेष्ठले महेन्द्रपुल क्षेत्रमा हुने दिनहुँ दुर्घटना हुने गरेको र त्यहाँ रहेको हाइमास्ट बत्ति नबल्दा दोषीको पहिचान गर्न पनि गाह्रो भएको सुनाएका थिए ।
कार्यक्रममा बोल्ने व्यवसायीहरुले भाडाका ट्याक्सीहरुले मुख्य बजार क्षेत्रको सडक नै कब्जा गरी पार्किङ गर्ने गरेको,फुटपाथको चौडाइ कति भन्ने प्रष्ट नभएकोलगायतका गुनासा राखेका थिए ।
ती गुनासो सुनिसकेपछि जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख देवकोटाले महेन्द्रपुल र मुख्य बजार क्षेत्रमा व्यवसाय गर्नेहरुले आफ्नो गाडी र कर्मचारीका मोटरसाइकल दिनभर दुकान अगाडि राख्दा पनि समस्या भएको सुनाएका थिए ।
पोखरा नगर क्षेत्रमा सिसि क्यामेरा नहुँदा ‘हिट एण्ड रन’ केसका अपराधी समात्न कठिन भएको पनि उनको भनाइ थियो । सिंगो कास्कीका लागि जम्मा ९२ जना ट्राफिक प्रहरी भएको बताउँदै उनले जनशक्ति अभावले सवै क्षेत्रमा ध्यान दिन नसकेको पनि स्वीकारे ।
उनले मादक पदार्थ सेवन गरी सवारी नचाउन पनि अनुरोध गरे ।
‘हामीले नखानुस् भनेको हैन तर खाएपछि सवारी नचलाउनु भनेको हो । नेपालमा कति मात्रामा मदिरा खायो भन्ने नाप्ने प्रावधान छैन । आफ्नो ज्यान जोखिममा किन पार्नुहुन्छ रु भोलि अंगभंग हुँदा के हुन्छ भन्ने पहिल्यै सोच्नुहोस् भन्ने हो । हामीले गर्ने चेकिङ यहाँहरुकै सुरक्षाका निम्ति हो,’ प्रहरी निरीक्षक देवकोटाले भने ।