जेठ १९ गते २०८३
हिमाली साँस्कृतिक परिवारले आफ्नै भवन निर्माण गर्ने, पद्मराज ढकालले १ लाख २५ हजार सहयोग
पोखरा, १८ जेठ
नेपाली लोक सँस्कृति बचाऔं नाराका साथ बिसं। २०५४ सालमा स्थापित पोखराको प्रतिष्ठित साँस्कृतिक संस्था हिमाली साँस्कृतिक परिवार आफ्नै भवन निर्माणको अभियानमा जुटेको छ ।
नेपाली लोक गायन र नृत्यको संरक्षण, संवर्धन र विकासमा निरन्तर क्रीयाशिल हिमाली साँस्कृतिक परिवारलाई पोखरा नगर विकास समितिले स्थान प्रदान गरी पोखरा ९ पृथ्वीचोकमा कार्यलय निर्माण गरी साँस्कृतिक क्षेत्रबाट योगदान प्रदान गर्दै आइरहेको परिवारले कार्यालय छोड्ने अवस्था आए पश्चात आफ्नै जग्गा खरिद गरि साँस्कृतिक भवन निर्माणको अभियानमा जुटेको हो।
पोखरा महानगरबाट ३५ दिने सुचना जारी गरेको समयावधिभित्रै कार्यालय खालि गराई पोखरा महानगरपालिकालाई सहयोग गरेको हिमाली साँस्कृतिक परिवारले हाल तमु धिं नेपालमा कार्यालय व्यवस्थापन गर्दै क्लवको आफ्नै भवन निर्माणका लागि परिवारका मानार्थ सदस्य, वरिष्ठ समाजसेवी टिका बहादुर कार्कीको संयोजकत्वमा हिमाली साँस्कृतिक परिवार भवन निर्माण समिति गठन गरेको हो।
कार्कीको संयोजकत्वमा रहेको समितिले जग्गा खरिद गर्ने, सहयोग जुटाउने, भवन निर्माण गर्ने भएको हो। निर्माण समितिलाई आवाश्यक विस्तार गर्दै पोखरामा २ रोपनी जग्गाको व्यवस्थापन गरी हिमालीका सहयोगी शुभेच्छुक देश बिदेशबाट सहयोग जुटाई कार्यालय, सभाहल, संग्रहालय, पार्किङ लगायतको व्यवस्थित हिमाली साँस्कृतिक परिवार भवन निर्माण गर्ने योजना रहेको संयोजक कार्कीले बताउनुभयो।
यसै बिच हिमाली साँस्कृतिक परिवारको भवन निर्माणका लागि परिवारका सल्लाहकार, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति, लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष, गायक एवम साहित्यकार पद्मराज ढकालले १ लाख २५ हजार ७८९ रुपैया सहयोग हस्तान्तरण गर्नुभएको छ। गौरवमय साँस्कृतिक संस्था हिमाली साँस्कृतिक प्रतिष्ठानको लोकसँस्कृति क्षेत्रमा लामो योगदान, परिवारका पुर्व अध्यक्ष स्वर्गीय मेनकाजी गुरुङसँगको सहकार्य साथै आफु पनि लोक सँस्कृति क्षेत्रमा क्रीयाशिलताको कारण हिमालीलाई हृदयदेखि नै सहयोग गरेको बताउनुहुदै भवन निर्माण अभियानमा सबैको सहयोगको आग्रह समेत गर्नुभयो।
यसरी नै भवन निर्माणका लागि निर्माण समितिका संयोजक टिका कार्कीले ५ लाख रुपैया, सल्लाहकार सुबेदार मेजर जसबहादुर गुरुङले १ लाख रुपैया, सल्लाहकार बुद्धिमान दुरा धम्पुले आफु सत्तरी वर्ष दुई महिना पुगेकाले ७० हजार २०० रुपैया सहयोग गर्ने घोषणा गर्नु भयो।
यसरी नै हाल तिन महिना कार्यालय व्यवस्थापनका लागि सल्लाहकार चिजा गुरुङले १८ हजार रुपैया सहयोग हस्तान्तरण गर्नुभएको थियो भने सल्लाहकार अशोक पालिखेले छ महिनाका लागि ३६ हजार रुपैया सहयिग गर्ने घोषणा गर्नुभएको परिवारका सचिव डबिन गुरुङले जानकारी दिनुभयो । यसरी नै हिमाली साँस्कृतिक परिवारका सम्पुर्ण कार्यसमिति, कलाकारहरुले आआफ्नो तर्फबाट अधिकतव सहयोग गर्ने घोषणा गरेका थिए ।
हिमाली साँस्कृतिक परिवारका अध्यक्ष ज्ञानबहादुर थापाको अध्यक्षता र सचिव डबिन गुरुङको संचालनमा भएको संरक्षक, मानार्थ सदस्य, सल्लाहकार र कार्यसमिति बिचको छलफल कार्यक्रममा संरक्षक नरबहादुर शेरचन, मानार्थ सदस्य खेमबहादुर गुरुङ,मानार्थ सदस्य एवम भवन निर्माण संयोजक टिका कार्की, सल्लाहकारहरु अशोक पालिखे, दिपेन्द्र श्रेष्ठ, हुमबहादुर गुरुङ लगायतले भनाई राख्नुभएको थियो।