वैशाख २६ गते २०८३
पोखरामा सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव
पोखरा २६, वैशाख
समयदृष्टि
पोखरामा लेखक फणीश्वरनाथ रेणुको कृति सात सालको कथा परिचर्चा एवम् सिर्जना उत्सव कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली लेखक संघ कास्कीको आयोजनामा शनिवार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा बोल्दै परिचर्चाकार प्रा. डा. कुसुमाकर न्यौपानेले भारतमा जन्मिएका फणीश्वरनाथ रेणुले नेपालको सात सालको क्रान्ति उतारेर इतिहास जीउँदो राखेको बताए । उनले सो कृतिमा सात सालको कथा मात्रै नभएर नेपालको राणा शासन वीपी कोइराला र प्रजातान्त्रिक आन्दोलनको शंखघोष गरिएको चर्चा गरे । हिन्दीमा लेखिएको उक्त कृति तुलसी भट्टराईले नेपालीमा अनुवाद गरेपछि कृतिको महिमा गर्विलो बनेको धारणा व्यक्त गरे ।

उनले उक्त कृति पढ्दा पढ्दै कही खुसी हुने ठाउँ त कहीँ आँशु आउने घटनाहरू संग्रहित भएको बताए ।
कार्यक्रममाथि प्रकाश पार्दै नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकले उक्त कृति साहित्य, पत्रकारिता र प्रजातान्त्रिक आन्दोलनको त्रिवेणीयुक्त अमर दस्तावेज भएको बताए । उनले उक्त कृति यसअघि नै चर्चा गर्ने आफ्नो इच्छा भएपनि अहिले आएर पूरा भएको बताए । उनले अहिले समाज अवसरवादी सोचमा रुमलिएका बेला सच्चा क्रान्तिको कथाले गलत प्रवृति र पात्रहरुलाइ परास्त गर्ने धारणा व्यक्त गरे । संस्थालाई भर्याङ्ग बनाएर मान सम्मान र अवसर खोज्नेहरूले नेपाली साहित्यमा धमिलो छर्केको बेला गर्विलो इतिहास बोकेको कृतिको परिचर्चा गर्न पाउँदा खुसी लागेको बताए ।

सो अवसरमा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङले राष्ट्रभावयुक्त अभिनयमूलक प्रस्तुति देखाएका थिए ।
कृति परिचर्चा, गीत, संगीत नृत्य अभिनय र रचना वाचन सहित सिर्जना उत्सव गरी कार्यक्रम सम्पन्न भएको लेखक संघ कास्कीले जानकारी दिएको छ ।
नेपाली लेखक संघ कास्कीका अध्यक्ष कमल पौडेल अथकको अध्यक्षतामा भएको कार्यक्रममा शंकर ज्ञावाली, धर्मराज अल्पायु, कोषाध्यक्ष गायत्री पराजुली, ढुण्डीराज ज्ञवाली, सह सचिव बसन्त चालिसे, लक्ष्मण थापा, मुक्तिप्रसाद रेग्मी, लक्ष्मी थापा, डा . चन्द्रवहादुर गुरुङ, उपाध्यक्ष चन्द्रावती वाग्ले र सचिव रोशन तिमिल्सिना लगायतले गीत, गजल, मुक्तक, कविता वाचन गरेका थिए ।