माघ ५ गते २०७७

चिहानमा पुर्याएको लास बाँच्ने आश गर्नु र ओली सुध्रिनु एउटै हो: नेपल

काठमाडौं, ५ माघ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम स्पष्टिकरण सोधिएको बताएका छन् । अखिल नेपाल महिला संघ (अनेम) को कार्यक्रममा बोल्दै नेपालले पार्टी एकतालाई कायम राख्ने प्रयास स्वरुप नेताहरुले ओलीलाई सुधार्ने अभियान अन्तर्गत अन्तिम मौका दिएको बताए ।

उनले आफूले ओलीलाई धेरै पहिलेदेखि चिनेको र ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताए । तर केही साथीहरु ओलीलाई सुधार्न लागेको बताए । उनले चिहानमा पुर्याएको लास बाँच्ने आश गर्नु र ओली सुध्रिनु एउटै भएको बताए ।

उनले अहिले कम्युनिष्ट आन्दोलन संकटमा परेको र आफूहरु अहिले परीक्षाको घडिमा रहेको पनि बताएका छन् । उनले अहिलेको परिस्थितिमा ओलीले कम्युनिष्ट सिध्याउन लागेको भन्दै आफूहरुले यसलाई जोगाएर अगाडि बढाउने चुनौतीको सामना गरिरहेको बताए ।