२५ साउन, पोखरा
जनैपूर्णिमाको भोलिपल्ट, नेवारी समुदायको मौलिक पर्व गाईजात्रा आज पोखरा र आसपासका क्षेत्रहरूमा उत्साहपूर्वक मनाइँदैछ। कास्कीका विभिन्न स्थानमा मृतकको सम्झनामा नेवारी समुदायका आफन्तहरूले परम्पराअनुसार गाईसहित नगर परिक्रमा गरेका छन्।
करिब दुई सय वर्ष देखि पोखरा र कास्की क्षेत्रमा गाईजात्रा पर्वको परम्परा चल्दै आएको हो । यस वर्ष पनि बिहानैदेखि शहरका चोकचोकमा गाई सँगै तायाः मचा नृत्य प्रदर्शन गरिएको छ । गाईजात्रामा सहभागीहरूले दिवंगत आफन्तको तस्वीर बोकेर वा गाईलाई सजाएर टोलटोल घुम्ने प्रचलन रहेको छ। नेवारी समुदाय संगै छरछिमेकमा रहेका बाहुन क्षेत्री समुदायले पनि आफ्रना स्वर्गिय आफन्तको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन । पोखरा–४ गणेशटोलमा पनि स्व. दिर्घ बहादुर कोइरालाको सम्झनामा परिवारले फोटो सहितको प्रतिविम्व बनाई गाइजात्रा निकालेका थिए ।
विक्रम संवत् १६४१ देखि १६६४ मा राजा प्रताप मल्लको नाबालक छोराको निधनले उनकी रानीलाई परेको वियोगको शोकका कारण विक्षिप्त बनेकी थिइन् । तेही कारणले राजा प्रताप मल्लले नाबालक छोरा गुमाएको र त्यस वर्षभरिमा राज्यमा मृत्यू भएका नागरिकहरूका आफन्तलाई गाई सहित दरबार अगाडीबाट रानीले देख्ने गरि जात्रा निकाल्न आह्वान गरे । आफ्ना आफन्तजन, प्रियजन गुमाउने धेरै परिवारको सदस्यले उनीहरूको सम्झनामा जात्रा निकालेको देखेपछि रानी मृत्युको शोक आफूलाई मात्र नपरेको बरु आफ्ना जस्ता छोरा, आमा, बुवा लगायतका अन्य पारिवारिक सदस्य गुमाएको पीडालाई सम्मानसहितको सम्झना गरेको अनुभूति गरिन् ।
यही प्रचलन र सबैको दुख पिडा भुलाउदै आफन्तको सम्झनामा सोही बेलादेखी गाइजात्रा पर्व चलेको पाईन्छ
गाईजात्रा नेवारी समुदायमा मात्र नभई नेपाली समाजमै व्यङ्ग्य र मनोरञ्जनको पर्वका रूपमा पनि परिचित छ। यस दिन भजन–कीर्तनसहित विभिन्न सांस्कृतिक प्रस्तुति देखाउने चलन रहँदै आएको छ।अर्कोतर्फ यही जात्राको छेको पारेर विभिन्न प्रदर्शनी र झाँकीका माध्यमबाट समाजका बिभिन्न व्यक्तिहरुको आडम्बर तथा समाज र गरिबका पीडालाई साङ्केतिक रूपमा भटारो हान्ने चलन रही आएको छ । । अर्थात् गाईजात्रा विशेषतः वर्तमान सामाजिक, सांस्कृतिक तथा राजनीतिक गतिविधिका नकारात्मक पक्षहरूलाई व्यक्ति समाजमा कलात्मक ढङ्गले चिरफार गर्ने चाड पनि हो । त्यस समय समाजले गरिब, निमुखाप्रति गरेको थिचोमिचो अनि अन्यायका उदाहरणलाई व्यङ्ग्यात्मक ढङ्गले जनताहरूले राजा रानीसमक्ष प्रस्तुत गरेका थिए । गाईजात्रामा सुरुवात गरिएको यो व्यङ्गको चलन पुस्तौंपुस्तामा हस्तान्तरण हुँदै आजसम्म पनि राजनीतिकर्मी, सञ्चारकर्मी र समाजका अन्य प्रतिष्ठित व्यक्तिहरूलाई लक्ष्य बनाएर विसङ्गति, विकृति, कुरीति र आडम्बरलाई छेड हान्ने चलनका रुपमा प्रचलित छ । कसैले पनि गाईजात्रामा गरिएको व्यङ्गप्रति इख राख्न पाइँदैन । हिन्दु धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो। नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ। सा को अर्थ गाई र पारू को अर्थ प्रतिपदा तिथि हो जुन तिथि मा यो चाड मनाइन्छ।
गोविन्द तिमिल्सिना हेमजा, १८ चैत ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव नजिकै आइपुग्दा पोखरा महानगरपालिका वडा न. २५ हेमजामा सरसफाई गरिएको छ । ११ औं संस्करणको महोत्सव नजिकिदै...
Read More
पोखरा, ०८ मंसिर । कास्की २ ९ख० मा नेपाली कांग्रेसका विन्दुकुमार थापा विजयी भएका छन् । निकटतम् प्रत्यासी नेकपा एमालेकी मीना गुरुङलाई १३ सय १० मतको अन्तरले पराजित...
Read More
पोखरा,१४ असार । गण्डकी प्रदेश सरकारले बोलाएको सर्वपक्षीय बैठकमा सहभागीहरुले कालीगण्डकी डाइभर्सन आयोजना खारेज गर्न माग गरेका छन् । तर केन्द्र सरकारमा रहेको नेकपा एमाले भने बैठकमा अनुपस्थित भएको...
Read More
नेपाल भुतपूर्व खेलाडी मञ्च ले फोटोपत्रकारीताको माध्यमवाट नेपाली खेलकुदलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार साथै खेलकुदको विकास मा पुर्याएको योगदानको कदर गर्दै फोटोपत्रकार राम गुरुङ्गलाई सम्मान गरेको छ ।...
Read More