असार १९ गते २०७८

लायन्स क्लब अफ हेमजाद्धारा छात्रावृत्ति तथा खाद्यान्य वितरण


पोखरा, १९ असार । लायन्स क्लब अफ हेमजाले छात्रवृत्ति तथा खाद्यान्य सामाग्री वितरण गरेको छ ।
क्लबको माइनुट हस्तान्तरण कार्यक्रम पारेर पोखरा– २५ हेमजा, सुइखेतमा अति विपन्न, अशक्त र असाय परिवारलाई खाद्यान्य सामाग्री वितरण गरेको हो ।
त्यसैगरी यसवर्ष पनि गत वर्ष झै पढौं अभियान अन्तर्गत विष्णुपादुका मावि हेमजामा कक्षा ८ मा अध्ययनरत सतिष मुल्मीलाई छात्रावृत्ति प्रदान गरेको छ । अघिल्लो वर्ष पनि मुल्मीलाई नै छात्रवृत्ति प्रदान गरिएको क्लबले जनाएको छ ।
कार्यक्रममा लायन्स क्लब अफ हेमजाका वर्ष २०२०–२१ का अध्यक्ष शिव पौडेलले वर्ष २०२१–२२ का अध्यक्ष प्रकाश पौडेललाई माइनुट हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै लायन्स क्लब ३२५ वि १ नेपाल वेलफेयर बैंक चिफ मिलन थापाले आफ्नो पदभार गर्दा नै क्लबले उदाहरणीय काम गरेको बताउनुभयो ।
एलसिआईएफ डिष्ट्रिक कोर्डिनेटर तथा लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष मोतिराज तिमिल्सिनाले डिष्ट्रिकले ल्याएका हरेक कार्यक्रममा क्लब सधै सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
क्लष्टर चिफ पुरुषोत्तम पराजुली मानविय सेवामा क्लब सधै अग्रपक्तिमा रहनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
रिजन चेयरपर्सन जीवन गोर्खालीले यो वर्ष डिष्ट्रिकमा नमुना क्लब हुने गरि काम गर्न आग्रह गर्नुभयो ।
जोन १७ का जोन चेयरपर्सन केशवशरण पौडेल लायन्सको उद्देश्य अनुरुपनै क्लबले काम गरेको बताउनुभयो ।
लायन्स क्लब अफ हेमजाका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष शिव पौडेल, विष्णु पादुका माविका शिक्षक मिनबहादुर पराजुली थापा, जोन १७ का मिडिया कोर्डिनेटर प्रकाशचन्द्र सापकोटा, लायन्स क्लब अफ हेमजाका पूर्व अध्यक्ष नवराज त्रिपाठी, पूर्व अध्यक्ष हरिश्चन्द्र पौडेल, प्रथम उपाध्यक्ष डोलराज श्रेष्ठ, कोषाध्यक्ष गोविन्द अधिकारीले बोलेका थिए ।