पोखरा फोटोग्राफर संघमा भिडियो ईडिटिड् तालिम सुरु (फोटो फिचर)
वैशाख १९ ,पोखरा
फोटोग्राफरहरुको संस्था पोखरा फोटोग्राफर संघले आफ्ना सदस्यहरुका लागि १६० घण्टे भिडियो ईडिटिड तालिम सुरु गरेको छ । पोखरा महानगरपालिका ब्यवसाय पर्बद्धन केन्द्रको सहयोगमा कार्यक्रम संचालन गरिएको हो । तालिममा ४० जना फोटोग्राफर हरुको सहभागिता रहेको कुरा कार्यक्रम संयोजक नन्दकला पौडेलले बताईन । संस्था साझेदारी कार्यक्रम अन्तरगत आयोजित कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका व्यवसाय पर्बद्धन केन्द्र का प्रमुख नवराज अधिकारी ले गरेका थिए ।
देशका जनशक्ति बिदेश पलायन भैरहेको अवस्थामा पोखरा फोटोग्राफर संघले फोटोग्राफी सम्बन्धी तालिमको अवधारणा ल्याउनु निकै श्रहानीय भएको बताउदै देशमा दक्षजनशक्ति उत्पादन गर्ने कुरामा पोखरा महानगरपालिका सधै सकरात्मक रहेको बताउदै यस किसिमका राम्रा कामहरुमा सधै महानगपालिकाको साथ र सर्पोट रहने बताए ।
कार्यक्रममा तालिमका सहभागी घनश्याम पौडेल, संस्थाका सल्लाहकार रविनाथ दाहाल, फोटोग्राफर संघ गण्डकीका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदी ,नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल, कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी लगायतले आआफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष भक्त बहादुर तामाड।को अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका सचिव लक्ष्मी पति पौडेलले संचालन गरेका थिए भने संस्थाकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक नन्दकला पौडेलले उपस्थित सवैलाई संस्थाको तर्फबाट स्वागत सहित कार्यक्रमको औचित्यका बारेमा प्रकास पारेकी थिईन । तालिम बेसिक र एडभान्स गरि दुई चरणमा संचालन हुने जनाईएको छ । बेसिक बैशाख १९ देखि संचालन भयो भने एडभान्स जेष्ठ दुई गते देखि संचालन गरिने संस्थाका अध्यक्ष भक्त तामाड्ले बताए ।
काठमाडौं,१४ असार । नेकपा एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको भाषण रेकर्ड गरेर राख्नुपर्ने बताएका छन् । सोमबार नयाँ बानेश्वरमा नागरिक अगुवाहरुसँगको छलफलका क्रममा उनले हिजो आज ओलीले...
Read More
१५ जेठ ,पोखरा पोखरा देखी जोमसोमका लागी उडेको तारा एयरको जहाज सम्पर्क बिहिन भएको छ । खराव मौसमका कारण सम्भावित दुर्घटना स्थल तर्फ जानउद्धार टोली जान सकिरहेको छैन। खराब...
Read More
कमल पौडेल अथकपोखरा १८, साउनगण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले श्रमिकको सामाजिक सुरक्षामा प्रदेश सरकारले विशेष ध्यान दिने वताएका छन् ।संयुक्त टेड युनियन समन्वय केन्द्र जेटियुसीसी द्धारा...
Read More
पोखरा, ९ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना...
Read More