फोटोग्राफर संघ गण्डकीकोे भित्ते पात्रो लोर्कापण तथा शुभकामना आदानप्रदान कार्यक्रम (फोटो फिचर)
बैशाख १५,पोखरा
गण्डकी प्रदेश भरीका फोटोग्राफरहरुको अविभावक संस्थाको रुपमा रहेको फोटोग्राफर संघ गण्डकीले संस्थाको २०८२ सालको भित्ते पात्रो लोर्कापण सहित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्यो ।
नेपाल फोटोग्राफर महासंघ नेपालका उपाध्यक्ष तथा फोटोग्राफर संघ गण्डकीका निर्वतमान अध्यक्ष दुर्गा प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
साथै कार्यक्रममा फोटोग्राफरहरु द्धारा संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाका नवनिर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यहरुलाई शुभकामना सहित बधाई तथा सम्मान पत्रले सम्मान समेत गरिएको थियो । साथै भर्खर मात्र चयन भएका फोटोग्राफर संघ गण्डकीका मुस्ताड।जिल्ला संयोजक शुशिल बाबु थकाली लाई स्वागत गरेको थियो ।
कार्यक्रममा फोटोग्राफर संघ गण्डकी मुस्ताड। जिल्ला संयोजक शुशिल बाबु थकाली, नवलपुर जिल्ला संयोजक कुशल अधिकारी,पर्वत जिल्ला संयोजक बिजय शर्मा जैशी , कास्की जिल्ला संयोजक भक्त बहादुर तामाड।,चितवन एडभान्स प्रिन्टीड।सोलुसनकी अध्यक्ष अनिशा शाक्य , नेपाल फोटोग्राफर महासंघ नेपालका केन्द्रिय सदस्य रविनाथ दाहाल, चितवन फोटोग्राफी संघका अध्यक्ष तथा के। सदस्य ध्रुर्व सापकोटा तथा कैलाश सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारी लगायतले आआफ्नो शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका अध्यक्ष नारायण बहादुर केसीको अध्यक्षतामा संचालित कार्यक्रम संस्थाका महासचिव प्रेम प्रुसाद पराजुलीले संचालन गरेका थिए भने संस्थाका बरिष्ठ उपाध्यक्ष तुलसी राम सुवेदीले उपस्थित सवैलाई संस्थाको तर्फबाट स्वागत सहित नव बर्ष २०८२ सालको शुभकामना अपर्ण गरेका थिए त्यसैगरि भित्तेपात्रो प्रकाशन तथा छपाई संयोजक संस्थाका कोषाध्यक्ष रामचन्द्र पोखरेलले कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने उपस्थित तथा सहयोगदाता सम्पुर्णमा धन्यवाद ज्ञापन संस्थाका प्रथम उपाध्यक्ष बलभद्र श्रेष्ठले गरेका थिए ।
पोखरा, १३ भदौ । पोखरा महानगरपालिका–३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित आज महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय, राधाकृष्ण वृद्धाश्रम तथा...
Read More
काठमाडौं, १२ भदौ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारमा विश्वासको मत नपुग्ने देखेपछि प्रदेशसभाको जारी आठौँ अधिवेशन नै अन्त्य गरेकी छिन् । मुख्यमन्त्री नियुक्त भएको एक सातामा नै...
Read More
काठमाडौं,११ साउन । मनसुनी वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने देखिएकाले धेरैजसो स्थानमा...
Read More
काठमाडौं, १२ पुष । सोलुखुम्बुमा निर्माणाधीन सोलु दुधकोसी हाईड्रोपावरमा कार्यरत दुईजना इन्जिनियरको मृत्यु भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको...
Read More