चैत्र २२ गते २०८१
शान्ति निकेतन स्कूलमा पुरस्कार वितरण
कमल पौडेल अथक
पोखरा २३, चैत्र
पोखरा ५ प्रस्र्यागमा रहेको शान्ति निकेतन स्कूलको १९ औं पुरस्कार वितरण तथा पूर्व आधारभूत तह पूरा गरेका विद्यार्थीहरुको ग्रेजुएट कार्यक्रम सम्पन्न भयो ।
सो अवसरमा ६५ जना वालवालिकालाई ग्रेजुएट गरिएको हो । कार्यक्रममा पूर्व आधारभूत तहदेखि कक्षा ९ सम्मका प्रथम, द्धितीय र तृतीय विद्याथीलाई पुरस्कार वितरण गरेको छ ।
सो अवसरमा पोखरा महानगर शिक्षा शाखाका अधिकृत सोमनाथ भण्डारीले शान्ति निकेतन स्कूल कास्कीका १० वटा विद्यालय भित्र पर्न सफल विद्यालय भएको वताए । उनले विद्यालय शिक्षाका अतिरिक्त अन्य व्यवहारिक शिक्षा अध्ययन गराउने विद्यालय नै अवको युगमा अव्वल हुने वताए ।
विद्यालयका प्रिन्सिपल डा महेश्वर पराजुलीले विद्यालयले उत्कृष्ट नतीजा हाँसिल गर्न शिक्षक तथा विद्यार्थीहरुको मेहनत प्रभावकारी रहेको वताए । उनले अविभावकको सहयोग र सक्रीयताले गर्दा पनि विद्यालयको प्रगति भएको वताए । उनले विद्यालयले अव कक्षा ११ र १२ सञ्चालन गर्नको लागि १२ करोडको आफ्नै भवन वनाउन लगोको वताए ।
सो अवसरमा विद्यालयले वर्षमा सवै दिन हाँजिर हुने मावि तर्फ भुवानीप्रसाद अधिकारी र आधारभूत तर्फ शिक्षिका जमुना भुषाललाई सम्मान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमणि भूत्र्यालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल यदुविलाश भुत्र्याल, धर्मस्थली आधारभूत विद्यालयका प्रधानाध्यापक वदनकुमारी शर्मा, शान्ति निकेतन विद्यालयका परीक्षा संयोजक शिक्षक हेम सुवेदी लगायतले वोलेका थिए । सो विद्यालयमा हाल ८ सय विद्यार्थी रहेका छन् ।