चैत्र ८ गते २०८१
नेपाली सेनाको भर्ना र छनौट सहज वनाउनु पर्नेमा एक कार्यक्रमका बक्ताको जोड
कमल पौडेल अथक
पोखरा ९, चैत्र
नेपाली सेनाको भर्ना र छनौट प्रक्रिया समय सापेक्ष सहज र सरल वनाउनु पर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । भर्ना छनौट निर्देशनालय जंगी अड्डाको आयोजनामा पश्चिम पृतना हेडक्वाटर विजयपुर व्यारेक पोखराको व्यवस्थापनमा शुक्रवार आयोजित भर्ना छनौट वर्कशप २०८१ को अवसरमा वोल्ने वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
निर्देशनालयले नेपाली सेनाको भर्ना छनौटमा आकर्षण वढाउन, भर्ना केन्द्रको छनौट र प्रचार प्रसार र भर्ना प्रक्रियालाई थप प्रभावकारी वनाउने उपायहरुको सम्वन्धमा सो वर्कसप आयोजना गरेको भनौ छनौट निर्देशनालयका निर्देशक एवं सहायक रथी शक्तिजंग वस्नेतले जानकारी दिए ।
उनले नेपाली सेनामा आरक्षण कोटा सहित थुप्रै पदहरु माग भएपनि प्रभावकारी रुपमा जन समक्ष नपुग्दा कतिपय पदमा आवेदन नपर्ने समस्या रहेको वताए । त्यसलाई प्रभावकारी वनाउन सामाजिक तथा शैक्षिक व्यक्तिलाई सहभागी गराएर छलफल गरिएको उनले वताए ।
सो अवसरमा विद्यालयका शिक्षक प्रतिनिधि, अवकास प्राप्त सेना र एनसीसीमा आवद्ध विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सेना भर्नालाई कसरी प्रभावकारी वनाउने भन्नेवारे ग्रुप विभाजन गरी बुँदा टिपोट गरि समूहका तर्फवाट प्रस्तुतिकरण गरिएको थियो ।
सो अवसरमा नेपाली सेनाको भर्ना प्रक्रिया सम्वन्धी डकुमेन्ट्री समेत सो अवसरमा प्रस्तुत गरिएको थियो ।
नेपाली सेनाले २०७९ मा मध्य पृतना हेडक्वाटर वुटवल र २०८० मा पूर्वी पृतना हेडक्वाटर इटहरीमा भर्ना छनौट सम्वन्धी वर्कसप सम्पन्न गरिसकेको निर्देशक शक्तिजंग वस्नेतले जानकारी दिए ।
पश्चिम पृतनाका सहायक पृतनापति अर्जुन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा भर्ना छनौट निर्देशनालयका प्रमुख सेनानी निरज भण्डारी, प्रमुख सेनानी एवं गुणात्मक विशेषज्ञ धन राना मगर, र मेजर नवराज वास्तोला लगायतले वोलेका थिए ।