फागुन २९ गते २०८१
फागुपूर्णिमा अर्थात होली
२९ फागुन, पोखरा
बिशेष गरी वसन्त ऋतुको आगमन संगै प्रकृतिले काँचुली फेर्ने वसन्त ऋतुको आगमन यही पूर्णिमाबाट हुने हुँदा प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले प्राणीजगत् र मानवलाई समेत तरङ्गित तुल्याएको हुन्छ।
वैदिक युगमा जब वृक्षहरूमा नयाँ पालुवा आउँथे, सुन्दर फूलहरू फुल्नुका साथै चारैतिर सुगन्ध आउन थाल्थ्यो, रंगीबिरंगी पुतलीहरू उड्न थाल्थे, गहुँ–जौलगायत बालीहरू लहलहाउँथे र कोइलीहरू गाउन थाल्थे, उसैबेला वसन्त ऋतुको आगमन भएको मानिन्थ्यो र ऋतुराजको स्वागतार्थ वसन्तोत्सव मनाइन्थ्यो।
‘पौराणिक कालखण्डमा यस पूर्णिमाका बारेमा अन्य प्रसङ्ग हरु जोडिएका छन्। ती मध्ये भगवान् श्रीहरिले भक्त प्रह्लादको उद्धार गरी होलिकाको प्राण हर्नुभएको प्रसङ्ग होलीपर्वको मुख्य कथावस्तुका रूपमा स्थापित भएको पाइन्छ। त्यसैले प्रत्येक वर्ष वसन्त ऋतुलाई फाल्गुण शुक्ल पूर्णिमा तिथिमा होलिका उत्सव मनाउने विधान पौराण्कि ग्रन्थहरूमा समेटिएको छ।
परापूर्व कालदेखि अन्याय, अत्याचार र हिंसा लगायत निरंकुश तानाशाही आसुरी प्रवृत्तिका विरुद्ध समाज एकजुट हुँदै आएको इतिहास छ। शक्तिको उन्मादले मानिसमा अहंकार जाग्दछ। त्यो अहंकारले सत्य, धर्म, प्रेम, सदाचार, अहिंसा जस्ता गुणहरूलाई बिर्साइदिन्छ र मानिस विषय वासना र स्वार्थले अन्धो बनिदिन्छ। पुराणहरूमा वर्णित दैत्यराज हिरण्यकश्यपु ब्रह्माजीबाट प्राप्त वरदानी शक्तिको उन्मादले जब आफूलाई ईश्वर घोषणा गर्दछन्, ठीक उही समयमा हिरण्यकश्यपुकै बालक पुत्र प्रह्लाद भगवानका अनन्य भक्त बनेर उपस्थित भइदिन्छन्।
अहंकार र पापाचारले उन्मत्त दैत्यराज हिरण्यकश्यपु एकातिर संसारलाई आफ्नै पूजा गराउँछन् भने अर्कातिर भगवद् भक्त प्रह्लादलाई परं शत्रु देख्न थाल्दछन् र उनलाई मार्ने योजना बनाउन थाल्छन्। अग्निको तापले नछुने वरदान पाएकी बहिनी होलिकाले हिरण्यकश्यपुलाई साथ दिँदै बालक प्रह्लादलाई लिएर अग्निकुण्डमा प्रवेश गर्दा पाप वृत्तिकी प्रतीक होलिकाको शरीर दहन भएको खुसियाली साट्न होलीपर्व मनाउने चलन चलेको विश्वास गरिन्छ। होलिका भस्म भएको प्रतीकका रूपमा पूर्णिमाको रात होलिका दहन गर्ने चलन अझै रहेको छ।
यसबाहेक द्वारयुगमा कंशको अत्याचारलाई साथ दिई समस्त दुधे बालकहरूलाई नास गर्दै हिँड्ने पूतनाको प्राण भगवान् श्रीकृष्णले हरण गर्नुभएको प्रसंगलाई पनि होलीपर्वको रंगीन उत्सवसँग जोड्ने गरिन्छ। कंशको आज्ञाअनुसार भगवान् श्रीकृष्णलाई मार्ने उद्देश्यले विषयुक्त दूध चुसाउन लाग्दा भगवानले उल्टै पूतनाको प्राण हरण गर्नुभयो। त्यसपछि विशालकाय राक्षसीको शवलाई जलाएर ब्रजवासीहरूले एक–आपसमा रङ तथा अबिर दलेर खुसियाली मनाए। यसरी राक्षसीको अन्त्य भएर ठूलो संकट टरेको सम्झनास्वरूप भगवान् श्रीकृष्णलाई झुलनमा राखी हल्लाउने र हरेक वर्ष चीरदाह गरी होली खेल्ने परम्परा बसेको मानिन्छ।
अर्को प्रसंग, दक्षकन्या सतीदेवीले यज्ञकुण्डमा हामफाली देहत्याग गरेपछि विक्षिप्त बनेका शिवजीलाई कामदेवले कामवाण प्रहार गरी संसारप्रति सम्मोहित बनाउने प्रयास गरेका थिए। तर यस कार्यले शिवजीको तृतीय नेत्र खुल्न गई त्यसबाट निस्किएको क्रोधाग्निमा परी कामदेव स्वयं भस्म भए। कामदेवकी पत्नी रतिको विलाप र देवताहरूको बन्दनाले प्रभावित भई जब भगवान शिवले कामदेवलाई जीवित हुने वरदान दिनुभयो अनि देवताहरूले रङको वर्षा गरी खुसियाली मनाएको प्रसंगलाई पनि होलीपर्वसँग जोड्ने गरिन्छ।
समग्रमा असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा होली पर्व मनाउने गरिन्छ।
रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले आज पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा पनि दिएको छ ।
विशेष गरी नेपाल र भारतमा होली राष्ट्रिय पर्वका रूपमा मनाइन्छ। नेपालका पहाडी क्षेत्रमा पूर्णिमाकै दिन फागु पूर्णिमा होली खेल्ने परम्परा रहेको छ भने तराईका अधिकांश क्षेत्रमा फागु पूर्णिमा मा मिथिलाको परिक्रमा पूरा भएपछि मात्र होली खेल्ने गरिन्छ। यस्तै, भारतका विभिन्न क्षेत्रमा पूर्णिमाको राति चीरदाह गरेपछि मात्र होली खेल्ने परम्परा छ।