पुष २०,पर्वत
हालै सम्पन्न फोटोग्राफर संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन वाट निर्वाचित पदाधिकारीहरुलाई पर्वत फोटोग्राफर संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरुलाई सम्मान पत्र तथा खादाले सममान गरिएको थियो । पर्वत फोटोग्राफर संघले आयोजना गरेको बधाई सम्मान तथा पारिवारिक बनभोज सहित पर्वतको कुस्मा स्थित बडागाउँमा गरेको थियो ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्थाका संरक्षक दिनेश अधिकारी रहेका थिए । प्रमुख अतिथि अधिकारीले संस्थाले छोटो समयमानै संस्थागत विकास तथा पर्वतलाई देशैभरि चिनाउने काम गरेकोले धन्यवाद दिदैं अझै प्रगतिको कामना गरे ।
कार्यक्रममा बिशेष अतिथि संस्थाका संरक्षक बसन्त जोशी ले आफ्ना भनाई राख्दै संस्थाको उन्नती र प्रगतिको कामना गरे पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल ले उद्योग ब्यवसायिका पिर मर्काहरुलाई हामी सबै मिलेर समाधान का उपाय खोज्दै अघि बढ्नु पर्ने बताए । कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका बर्तमान अध्यक्ष नारायण बहादुर के. सी.ले सम्पूर्ण जिल्लाहरुलाई सबल बनाउँदै संस्थाका कार्यक्रमहरु अगाडी बढाईने जानकारी दिए । कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष दुर्गा प्रसाद पौडेल ,लोक दोहोरी प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्मा,म्याग्दी संयोजक गौरी शंकर चौधरी, मनाङ फोटोग्राफर संघका अध्यक्ष नविन लामिछाने ले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थालाई आर्थिक रुपमा सबल बनाउनका लागी लोक दोहोरी प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्मा ले रु दशहजार रुपैंया संस्थाका संरक्षक दिनेश अधिकारी एघार हजार एक सय एघार रुपैया कार्यसमिति सदस्य पुरन गिरीले पाँचहजार रुपैया सहयोग गरेका थिए ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रमेश श्रेष्ठ ले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव नारायण पौडेलले गरेका थिए ।
कार्तिक २१, पोखरा । नेपाल प्रहरीको बरिष्ठ उपरीक्षक (एसएसपी)का अहिले १२ दरबन्दी रिक्त छन् । विभिन्न मितिमा अवकाश तथा केही अधिकृतहरु डीआईजीमा बढुवा भएसँगै जनपदतर्फका ५७ एसएसपीको दरबन्दीमध्ये अहिले...
Read More
रमेश तिमल्सिनापोखरा, ८ साउन । रञ्जन राई र सुष्मा बिश्वकर्माको स्वरमा रहेको ‘त्यो प्रेम’ गितको भिडियो शुक्रबार सार्वजनिक भएको छ । रेभेरेन्ड पास्टर क्रुस सिंहको शब्द, संगित रहेको गितमा...
Read More
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा...
Read More
काठमाडौं, ३ असोज । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट प्राप्त गरेको आधारमा पौडेल विजेता...
Read More