पुष २०,पर्वत
हालै सम्पन्न फोटोग्राफर संघ गण्डकी प्रदेशको दोस्रो अधिबेशन वाट निर्वाचित पदाधिकारीहरुलाई पर्वत फोटोग्राफर संघले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको छ । सम्मान कार्यक्रममा फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष लगाएत पदाधिकारी कार्यसमिति सदस्यहरुलाई सम्मान पत्र तथा खादाले सममान गरिएको थियो । पर्वत फोटोग्राफर संघले आयोजना गरेको बधाई सम्मान तथा पारिवारिक बनभोज सहित पर्वतको कुस्मा स्थित बडागाउँमा गरेको थियो ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा संस्थाका संरक्षक दिनेश अधिकारी रहेका थिए । प्रमुख अतिथि अधिकारीले संस्थाले छोटो समयमानै संस्थागत विकास तथा पर्वतलाई देशैभरि चिनाउने काम गरेकोले धन्यवाद दिदैं अझै प्रगतिको कामना गरे ।
कार्यक्रममा बिशेष अतिथि संस्थाका संरक्षक बसन्त जोशी ले आफ्ना भनाई राख्दै संस्थाको उन्नती र प्रगतिको कामना गरे पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेल ले उद्योग ब्यवसायिका पिर मर्काहरुलाई हामी सबै मिलेर समाधान का उपाय खोज्दै अघि बढ्नु पर्ने बताए । कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका बर्तमान अध्यक्ष नारायण बहादुर के. सी.ले सम्पूर्ण जिल्लाहरुलाई सबल बनाउँदै संस्थाका कार्यक्रमहरु अगाडी बढाईने जानकारी दिए । कार्यक्रममा फोटोग्राफर संघ गण्डकीका संस्थापक अध्यक्ष दुर्गा प्रसाद पौडेल ,लोक दोहोरी प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्मा,म्याग्दी संयोजक गौरी शंकर चौधरी, मनाङ फोटोग्राफर संघका अध्यक्ष नविन लामिछाने ले आ आफ्नो मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थालाई आर्थिक रुपमा सबल बनाउनका लागी लोक दोहोरी प्रतिष्ठान पर्वतकी अध्यक्ष पुजा कार्की शर्मा ले रु दशहजार रुपैंया संस्थाका संरक्षक दिनेश अधिकारी एघार हजार एक सय एघार रुपैया कार्यसमिति सदस्य पुरन गिरीले पाँचहजार रुपैया सहयोग गरेका थिए ।
पर्वत फोटोग्राफर संघका अध्यक्ष विजय जैसीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष रमेश श्रेष्ठ ले गरेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव नारायण पौडेलले गरेका थिए ।
काठमाडौं, १० माघ । चिकित्सा शिक्षा आयोगले यस शैक्षिक सत्र २०७७र७८ का लागि एमबिबिएस शुल्क आठ लाख रुपैयाँ बढाउन सिफारिस गरेको छ। आयोगले शनिबार शैक्षिक सत्र २०७७र०७८ मा एमबिबिएस...
Read More
कमल पौडेल अथकपोखरा २३, मंसिर………….लकडाउन अवधिको श्रमिकको पारिश्रमिक तत्काल भुक्तानी गर्न एक कार्यक्रमका वक्ताले रोजगारदाता निकायलाई आग्रह गरेका छन् ।संयुक्त टे«ड युनियन समन्वय केन्द्र गण्डकी प्रदेशद्धारा मंगलवार पोखरामा आयोजित...
Read More
पोखरा माघ ८ । एघारौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको उपाधी मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले हात पारेको छ । उपाधी संगै मेरिगोल्ड ईङ्लिस बोर्डिङ स्कुलले नगद...
Read More
पोखरा, ९ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा गरिएको पर्यटन प्रवद्र्धन पोखरा सहित समग्र नेपालको पर्यटकीय सम्भावना...
Read More