असाेज १८ गते २०८१
नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवन शिलान्यास
१७ असोज, पोखरा
पोखरा–१४ स्थित रातोडाँडामा नेपाल तामाङ घेदुङ कास्कीको बहुउद्देशीय भवनको एक कार्यक्रमका बिच शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा तामाङ परम्परा अनुसार लामागुरु धिरज लामाले विधिवत रुपमा पूजा आजा गरी प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद माननीय मान बहादुर गुरुङ ले शिलान्यास गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गुरुङले तामाङहरु भाषा, भेषभुषा, आफ्नो संस्कार संस्कृतिमा धनी रहेको भन्दै निर्माण हुन गइरहेको बहुउद्देशीय साँकृतिक भवन निर्माण कार्य सम्पन्न गर्न केन्द्रिय बजेट ९०,००,०००र( नब्बे लाख) ले मात्र अपुग हुने भएकोले आफ्नो तर्फबाट आगमि दिनहरुमा पनि साथ सहयोग रहने कुरा बताए । साथै यस ऐतिहासिक कार्यलाई सफल पार्नका निम्ति सम्पूर्ण कस्केली तामाङहरुले दिल खोलेर सक्दो सहयोग गर्नु पर्ने कुरालाई जोड दिए ।कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा संसद माननीय मान बहादुर गुरुङ र विशेष अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाईबा तामाङलाई विशेष सम्मान गरिएको थियो ।
बहुउद्देशीय भवन शिलान्यास कार्यक्रममा, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका पदाधिकारीहरु, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका पदाधिकारीहरु, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका पदाधिकारीहरु, नेपाल तामाङ महिला घेदुङ कास्कीका पदाधिकारीहरु, नेपाल तामाङ साँस्कृत घेदुङ कास्कीका पदाधिकारीहरु, तामाङ पत्रकार संघ कास्कीका पत्रकारहरु, नेपाल तामाङ घेदुङ कास्कीका तामाङ ईकाईहरुका अध्यक्ष लगायत पदाधिकारीहरु, बोन्बो संघका प्रतिनिधि, खोज मिडियाका संचालक, तमु धिँ नेपालका प्रतिनिधि एवं कस्केली तामाङहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा विशेष अतिथि नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दिपक वाईबा तामाङ, तमु धिँ नेपालका अध्यक्ष हुम गुरुङ, पोखरा महानगरपालिका वडा नं।१३ का वडा सदस्य सुचिता स्याङ्बो तामाङ, नेपाल तामाङ घेदुङ गण्डकी प्रदेश उपाध्यक्ष राम बहादुर ब्लोन तामाङ शिवु, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका सचिव अञ्जना डुम्जन तामाङ, बैदाम तामाङ समाजका अध्यक्ष ज्याक तामाङले आ आफ्रनो मन्तब्य राखेका थिए ।
उक्त कार्यक्रमका सभाध्यक्ष एवं नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष भक्त बहादुर डुम्जन तामाङले उपस्थित सम्पूर्ण सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै बहुउद्देशीय भवन निर्माण सफल पार्नका लागि नगद रु।१,११,१११९एक लाख एघार हजार एक सय एघार रुपैयाँ० आर्थिक सहयोग गर्ने घोषणा गरे साथै पोखरा नयाँ गाऊ निवासी समाज सेवी कृष्णराज रुम्बा तामाङले पनि रु ५०,०००र( पचास हजार रुपैयाँ) आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत रितु थोकर तामाङ ले गरेकी थिईन भने कार्यक्रम नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीको सचिव मिन माया डुम्जन तामाङले संचालन गरेकी थिईन ।