पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको थियो कुल ७ वटा फोटो बिधामा र बिबाह भिडियो बिधाको १ गरी कुल ८ ओटा बिधामा फोटोहरु मागिएको थियो भने लाईफटाइम अचिभमेन्टमा जिल्ला संघहरुद्वारा सिफारिश गरिएको थियो । अवार्डको पहिलो तथा गर्विलो बिधा अन्र्तगत रहेको अशोक लाईफ टाईम अचिभमेन्ट फोटोग्राफी अर्वाडबाट यस वर्ष वाग्लुड।का अग्रज फोटोग्राफर मुकुन्द शाक्य सन्मानित हुने भएका छन । बिभिन्न जिल्लावाट आएका सिफारिश मध्यवाट उनि छनोटमा परेका थिए। पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजु ज्यूले आफ्रना परिवाका नाममा राखिदिएको रु ३ लाखको अक्षयकोष वाट उक्त सम्मान नगद रु २५,५५५ पच्चिस हजार पाँच सय पचपन्न सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिने कुरा संस्थाका अध्यक्ष तथा अवार्ड मुल आयोजक समिति संयोजक रामचन्द्र पोख्रेल ले जानकारी दिए ।
Kailash Photographer of the Year
संस्थाका सचिव देवानन्द पोख्रेलले दिएको जानाकारी अनुसार यस वर्षको कैलाश फोटोग्राफर अफ दि ईयर बिधाको लागि पुरन शारु, देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुङगानाको फोटो टप ५ मा परेका छन । यस पुरस्कार को राशि रु १५ हजार ५५५ रुपैंया ट्रफि र प्रमाण पत्र रहेको छ। फोटोग्राफरद्वारा २०६८ सालदेखी संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएको छ ।
Milan Youth Energetic Photography Award
यसै गरी दोश्रोमा मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड बिधामा बब शाही, दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुङको फोटो टप ५ मा परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिलन फोटोका बुवाआमा नगेन्द्रराज पौडेल र सिता पौडेलले राखिदिएका छन ।
(Environment & Nature)
तेश्रो वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी, योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ।
(Culture & Tourism)
यसैगरी चौथो सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी, अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ
(Ramtara Daily Life Photography Award)
पाचौ रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी, महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष नमस्ते फोटोका संचालक रामचन्द्र पोखरेल र तारा पोख्रेलले राखिदिएका छन ।
OLYMPUS DIGITAL CAMERA
(Mirage Creative Photography Award)
(Portrait Photography)
छैठौ बिधा मिराज पोट्रेट फोटोग्राफीमा सर्वोकृष्ठ ५ मा देवानन्द पोख्र्ेल, प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
(Nandanari Photography Award )
यसै वर्षवाट शुरु भएको सातौ बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्द नारी फोटोग्राफी अर्वाडको ५ सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल, मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ६ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५५ हजार को अक्षयकोष योर्स फोटोका संचालक घनश्याम पौडेल र नन्दकला पौडेलले राखिदिएका छन ।
(Mirage Creative Photography Award)
(Wedding Videography)
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी, राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु सर्वोकृष्ठ ५ मा परेका छन ।यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
उत्कृष्ट पाँचमा छानिएका फोटोहरु मध्यवाट प्रत्यक बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट पाँचलाई घोषणा सहित पुरस्कार बितरण कार्यक्रम आउदो भाद्र २९ गते हुन गईरहेको साधारण सभामा गरिने कुरा संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाएका छन ।
मनाङ, ०१ असार । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला...
Read More
पोखरा रंगशालामा भएको १९ औं संस्करणको आहा रारा गोल्डकपमा अफ्रिकन रुट एसोसियसनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै संकटाले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जित्न सफल बनेको हो...
Read More
पोखरा । रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं संस्करणको पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले झांकी र्याली सहभागी गराउने भएका छन...
Read More
पोखरा ९, पुष यस बर्षको टुर दी पोखरा कार्यक्रम अन्र्तगत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्याली सम्पन्न भएको छ । पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्यालीमा पोखरा...
Read More