पोखरा फोटोग्राफी अवार्डका उत्कृष्ठ पाँच फोटोहरु सार्वजनिक, लाईफ टाईम अचिभमेन्ट बाग्लुङका शाक्यलाई (फोटो फिचर)
भाद्र १४, पोखरा,
पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको अशोक लाइफ टाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड बाग्लुङका मुकुन्द शाक्य चयन भएका छन। प्रत्येक २/२ बर्षमा प्रदान गरिदै आएको यो अवार्ड पोखरा फोटोग्राफर संघको स्थापना दिवसको अवसर पारेर यही श्रावण २ गते देखी प्रतियोगिताको लागि आव्हान गरिएको थियो कुल ७ वटा फोटो बिधामा र बिबाह भिडियो बिधाको १ गरी कुल ८ ओटा बिधामा फोटोहरु मागिएको थियो भने लाईफटाइम अचिभमेन्टमा जिल्ला संघहरुद्वारा सिफारिश गरिएको थियो । अवार्डको पहिलो तथा गर्विलो बिधा अन्र्तगत रहेको अशोक लाईफ टाईम अचिभमेन्ट फोटोग्राफी अर्वाडबाट यस वर्ष वाग्लुड।का अग्रज फोटोग्राफर मुकुन्द शाक्य सन्मानित हुने भएका छन । बिभिन्न जिल्लावाट आएका सिफारिश मध्यवाट उनि छनोटमा परेका थिए। पोखराका अग्रज फोटोग्राफर अशोक बाटाजु ज्यूले आफ्रना परिवाका नाममा राखिदिएको रु ३ लाखको अक्षयकोष वाट उक्त सम्मान नगद रु २५,५५५ पच्चिस हजार पाँच सय पचपन्न सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरिने कुरा संस्थाका अध्यक्ष तथा अवार्ड मुल आयोजक समिति संयोजक रामचन्द्र पोख्रेल ले जानकारी दिए ।
Kailash Photographer of the Year
संस्थाका सचिव देवानन्द पोख्रेलले दिएको जानाकारी अनुसार यस वर्षको कैलाश फोटोग्राफर अफ दि ईयर बिधाको लागि पुरन शारु, देवानन्द पोख्रेल, राम्जि थापा, लक्ष्मिपती पौडेल र जीवन ढुङगानाको फोटो टप ५ मा परेका छन । यस पुरस्कार को राशि रु १५ हजार ५५५ रुपैंया ट्रफि र प्रमाण पत्र रहेको छ। फोटोग्राफरद्वारा २०६८ सालदेखी संचालित कैलाश बचत तथा ऋण सहकारी संस्थाले १ लाख रुपैयाको अक्षयकोष स्थापना गरिदिएको छ ।
Milan Youth Energetic Photography Award
यसै गरी दोश्रोमा मिलन यूथ ईनर्जेटिक फोटोग्राफी अवार्ड बिधामा बब शाही, दिपकमान उदास, अर्जुन कुवर, नारायणहरि अधिकारी र राजेश गुरुङको फोटो टप ५ मा परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिलन फोटोका बुवाआमा नगेन्द्रराज पौडेल र सिता पौडेलले राखिदिएका छन ।
(Environment & Nature)
तेश्रो वातावरण तथा प्रकृति बिधामा उत्कृष्ठ ५ मा कुलराज चौधरी, योगेन श्रेष्ठ, गणेश बि लामा, दिनेश भण्डारी र अनील कार्कीका फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ।
(Culture & Tourism)
यसैगरी चौथो सस्कृती तथा पर्यटन बिधामा समिर रेग्मी, अग्नीधर तिमिल्सेना, फोकस श्रेष्ठ, आशिष पुरी र अभिनन्दन बजिमयका फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ
(Ramtara Daily Life Photography Award)
पाचौ रामतारा दैनिक जनजिवन फोटो बिधामा सुरेश रेग्मी, महेन्द्र केसी, देवानन्द पोख्रेल, कुलराज चौधरी र शाहिल तिवारीको फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष नमस्ते फोटोका संचालक रामचन्द्र पोखरेल र तारा पोख्रेलले राखिदिएका छन ।
OLYMPUS DIGITAL CAMERA
(Mirage Creative Photography Award)
(Portrait Photography)
छैठौ बिधा मिराज पोट्रेट फोटोग्राफीमा सर्वोकृष्ठ ५ मा देवानन्द पोख्र्ेल, प्रदिप श्रेष्ठ, मोहन महतो, शाहिल तिवारी र नारायणहरि अधिकारीको फोटोहरु छनोट भएका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
(Nandanari Photography Award )
यसै वर्षवाट शुरु भएको सातौ बिधा महिला प्रतियोगिको लागि मात्र राखिएको नन्द नारी फोटोग्राफी अर्वाडको ५ सर्वोउत्कृष्ठमा श्रृजना भुर्तेल, मन्जरी पौडेल, श्रृजना घिमिरे लामिछाने, सुस्मिता अधिकारी र इन्दिरा शर्माको फोटोहरु परेका छन । यस बिधामा उत्कृष्ठ विजेतालाई ६ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५५ हजार को अक्षयकोष योर्स फोटोका संचालक घनश्याम पौडेल र नन्दकला पौडेलले राखिदिएका छन ।
(Mirage Creative Photography Award)
(Wedding Videography)
प्रतियोगिताको एक मात्र बैबाहिक भिडियो बिधामा परेका भिडियो मध्य निरोज के भण्डारी, राम्जी थापा, प्रकाश पौडेल, महेन्द्र केसी र देवानन्द पोख्रेलका भिडियोहरु सर्वोकृष्ठ ५ मा परेका छन ।यस बिधामा उत्कृष्ठ विजेतालाई ५ हजार १ रुपैया ट्रफि र प्रमाण पत्र रहेको छ भने रु ५० हजार को अक्षयकोष मिराज फोटोका संचालक भक्त तामाङ र बृहश तामाङले राखिदिएका छन ।
उत्कृष्ट पाँचमा छानिएका फोटोहरु मध्यवाट प्रत्यक बिधामा सर्वोत्कृष्ट र उत्कृष्ट पाँचलाई घोषणा सहित पुरस्कार बितरण कार्यक्रम आउदो भाद्र २९ गते हुन गईरहेको साधारण सभामा गरिने कुरा संघका अध्यक्ष रामचन्द्र पोख्रेलले जनाएका छन ।
कमल पौडेल अथक स्याङ्जा ६ मंसिर स्याङ्जाको चापाकोटका ३ वटा बिद्यालयका ४६ जना बिद्यार्थीलाई पोशाक हस्तान्तरण गरिएको छ । स्याङ्जाली सम्पर्क सदन पोखरा र स्वं कमल पंगेनी स्मृति प्रतिस्ठानको...
Read More
काठमाडौँ,२२ पुष । अनेरास्ववियू विद्यार्थी संगठनले काठमाडौँमा लाल्टिन जुलुस निकालेको छ। नेकपाको प्रचण्ड–नेपाल समूह समर्थक संगठनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दिउँसै लाल्टिन जुलुस निकालेको हो।...
Read More
पोखरा । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिवारदेखी सुरु भएको छ । सोमबारसम्म संचालन हुने तालिमको उद्दघाटन शत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा...
Read More
२८ फागुन,पोखरा ।नेकपा माओवादी केन्द्र धादिङ(पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा ईश्वरकुमार श्रेष्ठ चयन भएका छन् । मञ्चको १०औं साधारणसभा तथा चौथो अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।मञ्चको उपाध्यक्षमा कृष्ण...
Read More