धार्मिक पर्यटनको नयाँ गन्तब्य तिब्रेकोट मणि (फोटो फिचर)
५ भदौं,पोखरा
पर्यटनको राजधानी पोखरा–२५, हेमजा स्थित धार्मिक पर्यटनको नयाँ गन्तब्यको रुपमा तिब्रेकोट रुद्रमहादेव मणि मन्दिर तथा हरित पार्कको मंगलबार उद्घाटन गरिएको छ ।
मन्दिर तथा पार्क उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उक्त क्षेत्रलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तब्य निर्माण गर्न महानगर तयार रहेको स्पष्ट पार्दै त्यसलाई समुदायको अग्रसरता ब्यापक रुपमा हुनुपर्ने बताए ।प्रमुख आचार्यले महानगरका २ दर्जन बढी स्थानमा पर्यटकीय पुर्वाधार निर्माणको तयारी थालिएको जानकारी दिए । उनले पर्यटनलाई आर्थिक पक्षसँग जोड्नुपर्ने भन्दै उक्त स्थानको ऐतिहासिकता खोज्न स्थानीयलाई सुझाए।
महानगर प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले परापूर्व कालदेखि हेमजावासीको आस्थाको धरोहरका रुपमा तिब्रेकोट मणि क्षेत्रलाई चिनाउँदै त्यसलाई पोखराकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल बनाउन प्रयास भइरहेको धारणा राखे। वडाले तिब्रेकोट मणि तथा सुईखेत खोलालाई पर्यटनसँग जोड्ने उद्देश्यका साथ प्राथमिकतामा राखेर कामहरु अघि बढाइएको बताउँदै वडाध्यक्ष तिमिल्सीनाले ति क्षेत्रमा वृहत परियोजना निर्माण गरी लागु गरिने प्रतिबद्धता जनाए । तिब्रेकोट मणि क्षेत्रवाट पश्चिममा सुतेको बुद्ध(स्लिपिङ बुद्ध)को पनि दृष्यावलोकनका गर्न सकिने जानकारी दिए ।
तिब्रेकोट रुद्रमहादेव मणि धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष विशालजंग कुँवरले पोखरा महानगर, गण्डकी प्रदेश सरकार तथा स्थानीयको सहभागितामा तिब्रेकोट मणि क्षेत्रमा पूर्वाधार निर्माण गरिएको स्पष्ट पार्दै उक्त स्थान पुरातात्विक रहेको उल्लेख गरे।उनले जगत गुरुको संकल्प अनुसार त्यस क्षेत्रमा एक सय ८ फिट अग्लो गणेशको मुर्ति स्थापना गर्ने लक्ष्य राखिएको पनि सुनाए ।
तिब्रेकोट मणि क्षेत्र मर्दी हिमाल पदमार्गको प्रस्थान विन्दु अन्तर्गत पर्दछ । त्यहाँ निर्माण गरिएका संरचनाले पदमार्गको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
सो क्षेत्रमा गण्डकी प्रदेश सरकार तथा पोखरा महानगरपालिकाको सहयोगमा रेलिङ सहितको पदमार्ग स्तरउन्नतीका अलवा भ्यू टावर, हिमाल पहाडको समिपमा शिव पार्वतीको मुर्ति, हरित पार्क, योगशाला, झुला पिङ०, रुद्रमहादेव मन्दिर लगायतका संरचना निर्माण गरिएको हो र ति संरचना निर्माणका लागि हालसम्म गण्डकी प्रदेश सरकारको रु ३४ लाख, पोखरा महानगरपालिकाबाट रु २७ लाख तथा स्थानीयको जनसहभागिता परेको छ । योजनालाई पूर्णता दिन करिव ५ करोड रकम लाग्ने अनुमान पनि छ । पदमार्ग क्षेत्रमा पोखरा महानगरपालिकाले अन्य गौरवका योजनाहरु पनि निर्माण गर्ने कुरा वडा सदस्य कृष्ण बहादुर कुँवर ले जानकारी दिए ।
पदमार्ग अन्तर्गत मेलवोटबाट अस्तामसम्मको करिव ७ किलोमिटर खण्डमा विभिन्न पर्यटकीय पूर्वाधार निर्माण कार्यहरु भइरहेका छन् । सो खण्डमा पर्ने ‘सुनझाँक्रीको थान, लालीगुराँसको जङगल, रुद्रमहादेव, पञ्चेबाजा उद्यानसहितका पर्यटकीय र जैविक विविधताले यसमार्गमा पर्यटकलाई आनन्दित तुल्याउने विश्वास गरीएको छ । धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष विशालजंग कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव कृष्णबहादुर कुँवरले संचालन गरेका थिए।
काठमाडौं,१९ असार । पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६...
Read More
कमल पौडेल अथक पोखरा २०, भदौ पोखरा महानगरपालिका कर्मचारी, पूर्व कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली यतिबेला जापान भ्रमणमा गएको छ । यही भदौ १८ गते सो टोली पोखराबाट...
Read More
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम...
Read More
पोखरा १३ भदौं पोखरा १६ स्थित बाटुलेचौरमा आयोजित ऐतिहासिक बाटुलेचौर तिज मेला चार दिनसम्म संचालन हुने भएको छ। वडा कार्यालय, पोखरा १६ को समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा...
Read More