जेठ ३१ गते २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकीको नयाँ समिति
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा गण्डकी प्रदेशको प्रथम अधिवेशनबाट नवीन त्रिपाठी सभापत्वमा नयाँ समिति तयार भएको छ ।
शुक्रबार राति अबेर भएको मतदानमा अरु ३ उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका थिए । पहिलो चरणमै ५० प्रतिशत मत ल्याएर त्रिपाठी विजयी भएका हुन् । अध्यक्षका लागि नवलपुरका राजन गौतम, माधवप्रसाद कँडेल र हरिबहादुर कार्की पनि चुनावी मैदानमा थिए ।
पहिलो चरणको निर्वाचनबाट निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् । रास्वपा गण्डकीको उपसभापतिमा बागलुङकी मिना शर्मा आचार्य, महामन्त्रीमा कास्कीका कृष्णप्रसाल लम्साल, सहमहामन्त्रीमा तनहुँका शंकर पन्त र नवलपुरकी सिताकुमारी अर्याल निर्विरोध भएको उनले जानकारी दिए । ‘पदाधिकारीमा एउटा पदमा एक जनाको मात्र नाम परेपछि निर्वाचन समितिले निर्विरोध निर्वाचित घोषणा गरेको हो,’ उनले भने । कोषाध्यक्ष कार्यसमितिले मनोनीत गरिनेछ ।
रास्वपाको विधान अनुसार पहिलो चरणमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारी मनोनय दर्ता गर्ने प्रावधान छ । सोही अनुसार शनिबार पहिलो चरणको निर्वाचनबाट निर्वाचित ३३ सदस्यबाट पदाधिकारी निर्विरोध भएका हुन् । यदि एउटा पदमा २ वा २ भन्दा बढि उम्मेदवारी परेमा पुनः दोस्रो चरणको निर्वाचन गर्नुपर्थ्यो ।
दोस्रो चरणको निर्वाचनमा पनि सबै गण्डकीका प्रतिनिधि ७ सय ८० प्रतिनिधिले मतदान गर्नुपर्थ्यो । निर्वाचन नगरी गण्डकीको पदाधिकारीमा सर्वसम्मत गरिएको एक नेताले बताए । उक्त कार्यसमितिले पछि ४ जना सदस्य मनोनीत गर्न पाउने विधानमा व्यवस्था छ ।