कार्तिक २६ गते २०८१
एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताको जोड
कमल पौडेल अथक
पोखरा २६, कार्तिक
एकल महिलाको लागि सामाजिक नेतृत्व आवश्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित एकल महिलाको लागि नेतृत्व विकास संवन्धि दुई दिने कार्यक्रमको अवसरमा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
एकल महिलालाई राजनीतिक नेतृत्व भन्दा पनि सामाजिक नेतृत्व विकास आवस्यक रहेको उनीहरुले जिकिर गरे ।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तोयनाथ लम्सालले एकल महिला भएर समाजमा जीउन कठिन भैरहेको अवस्थामा यो तालीम फलदायी हुने वताए । यसले समाजमा हिनतावोध हटाएर आत्म विश्वास वढाउने समेत वताए ।
सो अवसरमा वोल्दै शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यले एकल महिलाहरुका समस्या पहिचान र समाधान गर्न कार्यक्रम प्रभावकारी रहेको वताए ।
समाजमा कोही पनि व्यक्ति आफै कमजोर नहुने तर समाजको कारण कमजोर वनाइने हुनाले त्यसको प्रतिकारको लागि पनि कार्यक्रमले सघाउने वताए ।
कार्यलय प्रमुख राजेन्द्रप्रसाद पौडेलले एकल महिलाको कानुनी हक र अधिकार खोजीका लागि कार्यालयले यस्तो खालको कार्यक्रम आयोजना गरेको वताए । सो तालिममा कास्की जिल्लाका ५ वटा पालिकाका २५ जना एकल महिलाहरुको सहभागिता रहेको पौडेलले जानकारी दिएका छन् ।
कार्यालय प्रमुख राजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लेखा अधिकृत प्रेमवहादुर केसी र अधिकृतस्तर छैटौं ज्ञानेश्वर सुवेदी लगायतले कार्यक्रमको उदेश्य र उपलव्धीवारे आ आफ्ना भनाई राखेका थिए ।