असाेज २१ गते २०८१
ठगी गरेको भन्दै मारवाडीलाई २ लाख रुपैयाँ जरिवाना

कमल पौडेल अथक
पोखरा २० असोज
जिल्ला प्रशासन कार्यलय कास्कीले पोखरा ४ चिप्लेढुङामा रहेकोे मारवाडी सेवा भोजनालयलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।
जिल्ला प्रसाशन कार्यलय कास्कीको आयोजनामा आइतबार आयोजित लागूऔषध नियन्त्रणमा सरोकारवालाको भूमिका बिषयक छलफल कार्यक्रममा सहभागीलाई लगेको खाजाको प्याकेटमा ठगी गरेको भन्दै उक्त भोजनालयलाइ कारबाही गरेको हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा १ को खण्ड ख बमोजिम रु २ लाख जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिएका छन् ।
उक्त भोजनालयलाई प्रशासनले प्रति प्याकेट १३० को दरले ५० प्याकेट खाजाको अग्रिम भुक्तानी गरेको थियो ! तर खाजामा पसलेले १ समोसा, १ लड्डु, १ केरा, केही निम्किन र १ जुस राख्ने सहमति अनुसार भुक्तानी गरेको थियो ।
कार्यक्रममा भोजनालयले केरा र जुस बिनाको खाजा प्याकेट बितरण गरि ठगी गरेपछि जरिवाना गरिएको उनले बताए ।
ठगी पछि सो भोजनालय पसलको अनुगमन गर्दा दर्ता, नबीकरण पनि फेल भएको पाइएको छ । प्रसाशनले तोकिएको जरिवाना बैंकमा दाखिल गरि ३ दिन भित्र संबन्धित कार्यलयमा ब्यबसाय दर्ता नबीकरण गर्न सुझाव समेत दिएको छ ।