वैशाख ३ गते २०८१

आलुको पहाडसँगैसेल्फीको मञ्जा

पोखरा, २ बैशाख । १२ औं राष्ट्रिय हेमजाआलु महोत्सवअन्त्यतिर आइरहदाँत्यहाँआलुको पहाडसँग तस्विर खिचाउनेहरुकोबाक्लो उपस्थिती देखिन्छ ।
कतिपय सेल्फीमा रमाएको भेटिन्छ भने कतिपयलाईआलुको पहाडसँगमाया साट्दै तस्विर कैद गर्न भ्याइनभ्याई छ ।
यतिसम्मकीमहोत्सवमापुग्नेप्राय सबैले पहाडसँगै आआफ्नो तस्विर खिच्ने गरेका छन्  र सामाजिक संजालमा राख्ने पनि ।
चैत २५ गतेबाट सुरु महोत्सवयहि वैशाख ५ गतेसम्मचल्नेछ ।यतिवेलामहोत्सवको मुख्यआकर्षणका रुपमाआलुको पहाडसँग तस्विर खिच्नेकार्यहुनपुगेको छ ।
तस्विर खिच्न बुढा, पाका देखि अनुजएवम् तन्नेरी पुस्ता समेत हैसिएका छन् ।सम्झनापनि हुन्छ, कृषिउपजकानाममामहोत्सवहुनुआफैमा महत्वपूर्णपनि छ, हेमजा कृषिकालागिउर्वर भूमिहोशुक्रवार पहाडसँगैतस्विर कैद गर्दै गरेकापोखरा २१ का सुरेन्द्र पोख्रेललेबताए।
आइतवारसम्म ४८हजारदर्शक बढीले आलु महोत्सवअवलोकन गरेकोमा२ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषिउपजव्यवस्थापनउपसमितिका संयोजक जयरामतिम्सिनाले जानकारी दिए ।उनले हालसम्म२७लाख बढीकोआलु कारोवार भएको पनिबताए।
महोत्सवअन्तर्गत आइतवार हेमजा साहित्य प्रतिष्ठानद्वारा प्रकाशितभित्तेपात्रो लोकार्षण गरिनुका साथैकलाकारहरु प्रजापती पराजुली, राजु परियार, सरला पाण्डे, कुमार पुन, राजनकार्की, मञ्जु विक र निश्चलथापाका प्रस्तुतिहरु रहे ।त्यस्तै सोमवार प्रकाशदुतराज, पुरुणोत्तमन्यौपाने, पूर्णकलाविसी, प्रिन्स लम्साल, वसन्तीथापाका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।
भित्तेपात्रो लोकार्षण गर्दैपोखरा महानगरपालिकाप्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराजतिम्सिनालेआलु महोत्सव समग्र पोखरेलीको चाड भएको उल्लेख गर्दैयसलाई सुधार्दै लैजानुपर्ने बताए ।उनले हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशम्सा समेत गरे ।
त्यस्तैमहोत्सवमाभजनप्रतियोगितापनिजारी छ ।भजनतर्फ आइतवार माछापुच्छे« सेवा समाजलेप्रस्तुति राख्यो ।
महोत्सवमाआलु लगायतअन्य सामग्री समेत गरी आइतवारसम्मकरिव साढे २ करोडकोकारोवारभएको मूलआयोजक समितिकाअध्यक्ष सुविनश्रेष्ठले जानकारीदिए ।
महोत्सवको आकर्षणका रुपमाआलु तथाताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुकाविभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धीविविध सांस्कृतिककार्यक्रम, कृषिझाँकीप्रदर्शनी, कृषि विज्ञ र किसानबीचअन्तक्र्रिया, विभिन्न कृषिउपज, बिउबिजनतथाअन्य कृषियन्त्रको प्रदर्शनी, कृषक सम्मानतथा पुरस्कार, रत्यौलीगीतप्रतियोगिता, हास्यव्यङग्यएवम् लाइभपप कन्सर्ट लगायत रहेका छन्।