पोखरा, चैत्र २०
योे समय गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुक्त गन्तव्य हो।
समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।
यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ। मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणको कारण पर्यटकले घोडेपानी पुनहिल क्षेत्रलाई आफ्नो रोजाइमा राख्ने गरेका हुन्।
पुनहिल पदयात्रामा गुराँसै गुराँसको जंगल पुग्दा खेरी स्वर्गकै एक टुक्रमा पुगेको आभाष हुन्छ गुराँसको जङ्गलको पृष्ठभूमिमा हिमाल अवलोकन गर्न पाउँदा छुट्टै उमंगको महसुस भएको साहित्यकार अम्रीत क्षेत्रीले बताए।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि नयाँ पुल, उल्लेरी भएर एकै दिन मा र घान्द्रुक भएर दुई दिनमा घोेडेपानी पुग्न सकिन्छ। म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर हुँदै गाडी चढेर तीन घण्टामा घोडेपानी पुगिन्छ।
पोखरा । अखिल नेपाल महिला संघकी केन्द्रीयअध्यक्ष टुकाभद्र हमालले महिलालाई ३३ प्रतिशतमा सीमित नराखी समान सहभागिता गराइनुपर्नेमा जोड दिएकीछन् । महिलाहरूको क्षमताअभिवृद्धि गरी राज्यका हरेक अंगमा समान सहभागितानै अनेम...
Read More
हेमजा, २८ चैत लायन्स क्लब अफ पोखरा हेमजाको अधिबेशन बुधबार पोखरामा सम्पन्न भएको छ । अधिबेशनले पुन सन्तमान श्रेष्ठको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा...
Read More
२० बैशाख,पोखराइस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकारले यो पर्वको निर्धारण गर्ने गर्दछ । इस्लामिक रीति अनुसार रमजानको अन्तिम...
Read More
पोखरा २, कार्तिक पोखराको नयाँ बजारमा रहेको सेफ किड्स प्रिस्कूलले बालबालिकालाई असल अभ्यासको लागि बिद्यालयमा टीका र जमरा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा अध्ययनरत ५२ जना बिद्याथीहरुलाई टीका...
Read More