फागुन ३० गते २०८०

हेमजामा १२ औं राष्ट्रिय आलु महोत्सव हुने

हेमजा, २८ फागुन
आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २५ गतदेखि बैशाख ३ गतेसम्म १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका  खेलमैदान पोखरा २५ हेमजामा हुने छ । सोमबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समिति महासचिवमा वसन्तकुमार श्रेष्ठ तथा कोषाध्यक्षमा राम सापकोटा  रहनु भएको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा अप्सरा तिमिल्सिना, अतिथि सत्कार उपसमिति संयोजकमा मीना कुँवर, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकको जिम्मेवारी मदन थापालाई दिइएको छ ।
भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, प्रचारप्रसार उपसमितिमा श्रीभद्र पौडेलले पाउनु भएको छ । आवश्यक अन्य उपसमिति गठन गर्न मंगलबार पुनः बैठक बस्ने आयोजकले जनाएको छ ।
सो अवसरमा ११ औं संस्करणको आयब्यय सार्वजनिक गरियो ।
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको थियो । कोरोना भाइसरको संक्रमणका कारण बिगत ३ बर्षदेखि स्थगित भएको महोत्सव अघिल्लो बर्षदेखि निरन्तरता दिइएको थियो ।
क्लबका अध्यक्ष सुबिन श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।