पौष ६ गते २०८०
पोखरामा फोटोग्राफरमाथि ठगी गर्ने वडा सदस्यसहित ४ जना जेल चलान
पोखरा,कास्की
फोटोग्राफी व्यवसाय सञ्चालन विषयमा ठगी गरेको भनी १५ जनाको जाहेरी परेपछि पक्राउ परेका पोखरा ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित ४ जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
पोखरा महानगरपालिका वडा नं।६ लेकसाइड स्थित फुटट्रयाकमा फोटोग्राफी गरे बापत विभिन्न किसिमबाट धम्काई तथा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दुई साता अघि चार जनालाई पक्राउ गरेको थियो ।
पोखरा, लेकसाईड खहरे बस्ने वडा सदस्य वर्ष ४२ को दिपेन्द्र पहारी, उम्मेदवार बनेर पराजित भएका बैदाम बस्ने वर्ष ४१ का विकास पहारी, वर्ष २२ को प्रवीन विश्वकर्मा र वर्ष २४ को अभिषेक परियार तथा अप्पे भन्ने अभिषेक बरालसमेतलाई पक्राउ गरी ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी मुद्दामा अनुसन्धान गरी कास्की जिल्ला अदालतमा मुद्दा पेश हुँदा चारै जना पुर्पक्षको लागि कारागार चलान भएको कास्की प्रहरीले जानकारी दिएको हो ।
फेवा किनारका फोटोग्राफरसँग मासिक प्रतिव्यक्ति साढे १३ हजार उठाएर आफ्नो नाममा फोटोग्राफी व्यवसाय दर्ता नगरी ठगी गरेको भन्ने पीडितको जाहेरी आधारमा पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले बताए ।