असाेज १० गते २०८०
हेमजा भू.पू.सैनिकको आठौं साधारण सभा
गोविन्द तिमिल्सिना
हेमजा, १० असोज
पोखरा महानगरपालिका वडा न। २५ हेमजामा रहेको भू।पू सैनिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा बुधबार हेमजामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न। २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले राष्ट्रका निम्ति काम गरेर अवकाश पछि संस्था सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै सहकारी संस्था मध्य नमुना सहकारी भएको बताउनुभयो । उहाँले सहकारी बचत तथा ऋण मात्र नभइ उत्पादनमा जान आवश्यक रहेको बताउदै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा किसान बहुउद्देश्यीय सहकारी संस्थाका ब्यबस्थापक हरिप्रसाद त्रिपाठी, नेपाल भू।पू सैनिक संघ कास्कीका अध्यक्ष बलराम पौडेल र शिक्षा उपसमिति सदस्य पार्वती थापा बानियाँले शुभकामना दिनुभएको थियो । सो अवसरमा उत्कृष्ट बचतमा देबुमायाँ तिमिल्सिना र उत्कृष्ट कर्जामा लक्ष्मण बि।क लाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सचिव शेर बहादुर कार्कीले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष श्याम बहादुर कुँवरले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो । संस्थाको शेयर पुँजी ३ करोड ३६ लाख ६ हजार ३ सय रहेकोमा निक्षेप संकलन ६ करोड २० लाख ५१ हजार ९ सय ७५ र ८ करोड ८७ लाख २७ हजार ६९२ ऋण लगानी रहेको संस्थाका ब्यबस्थापक प्रेमराज तिमिल्सिनाले बताउनुभयो ।सहसचिव पार्वती थापाले स्वागत गरि सुरु भएको कार्यक्रममा सहायक ब्यबस्थापक दुर्गा तिमिल्सिनाले सहकारीको सात सिद्धान्त वाचन गर्नुभयो ।
संस्थाका अध्यक्ष सुरेश बहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सेर बहादुर कार्कीले गर्नुभएको थियो ।